भीमसेनको कान्छी


गायकहरू ओमविक्रम विष्ट, सञ्जय श्रेष्ठ, सञ्जीव प्रधान, हरिश माथेमा र योगेश्वर अमात्यसँगै कार्यक्रमहरूमा गीत गाउँदै हिँडेका गायक भीससेन टी लामा २५ वर्षपछि पुनः गायन क्षेत्रमा रहेको हे कान्छीको म्युजिक भिडियो सञ्जय पाण्डेले निर्देशन गरेका छन्। भिडियोमा पूर्णिमा लामा, दोर्जे लामा र एलिना गुरुङलाई फिचरिङ गरिएको छ। दिनेशजंग राणाले सम्पादन गरेको गीतको भिडियोलाई भकारी एमडीसीले बजारमा ल्याएको हो।

भीमसेन टी लामाले २५ वर्षअघि २५ गीत गाएका थिए। त्यसपछि उनको गाउन यात्रामा विश्राम लाग्यो। गायन क्षेत्रबाट उनी टाढिएपछि उनको करिअरको शुरूआत फिल्म क्षेत्रतर्फ भयो। उनले खेलेको पहिलो फिल्म सीमारेखा थियो। एउटी सुन्दरी ममाथि मर्छे र पहिलो भेटमै भयो हाम्रो चिनारी बोलको गीत भीमसेनका त्यति बेलाका चर्चित गीत थिए। आधुनिक र लोकपप गीत गाउन रुचाउने लामाले पछिल्लो समय युवा पुस्ताका लागि पनि मन पर्ने गीत लिएर आउने तयारीमा रहेको बताए।