दोलालघाट (नेस) ।
मध्य वर्षामा पनि काभ्रेको दोलालघाट नजिक भुम्लु गाउपालिका ५ फलाटे स्थित आमथली बगरमा अवैध बालुवा उत्खनन् रोकिएन ।
राती राती मेशिन लगाएर निकालिएको बालुवा प्रहरी प्रशासनको मिलेमत्तोमा प्राइभेट नम्बर प्लेटको ट्रिपरमा ओसारपसार भैरहेको सुचना प्रहरी प्रशासनलाई पटक पटक दिएपनि कुनै वास्ता नगरेको भन्दै स्थानिय बासिन्दाहरुले गुनासो गरेका छन् ।
दोलालघाटबाट स्थानीय बासिन्दाहरुले न्युज अफ नेपाललाई पटक पटक फोन गरि गुनासो गरे अनुसार विगत १०÷१५ दिन देखि यसरी नै बालुवा अवैध तरीकाले ओसारपसार भैरहेको छ । बाहिरको ट्रिपर लैजादा हल्ला हुने भन्दै कम्पनीको ट्रिपरले दैनिक ५ देखि १० टिप बालुवा ओसारी रहेको स्थानीयको गुनासो छ । एक टिप बालुवा तस्करीलाई १५ हजार नाफा हुन्छ ।
बगरमा एकटिप बालुवाको १४ हजारजति मात्र खर्च हुन्छ ।











प्रतिक्रिया