भगवती तिमल्सिना, काठमाडौँ ।
पाँच दिन देखि कर्णालीको अस्तव्यस्त कवर्ड हलमा अनसनरत प्रा.डा. गोविन्द केसीको अवस्था अत्यन्तै नाजुक बन्दै गएको छ । अनसनको दोस्रोदिन राती देखि नै छाति दुख्ने, मुटुको चाल कम हुने, पिसाब कम हुने, मासु बाउडिने भएको छ । स्वास्थ्य अवस्था नाजुक भएको छ,मनिटर गर्ने कुनै साधन छैन । यति सम्मकी पानी चुहिने हल, विद्युत छैन, चरा र मुसाको बास भएको ठाउँमा लगेर सरकारले अघोषित रुपमा थुनेर राखेको नेपाल चिकित्सब संघ कर्णाली शाखाका उपाध्यक्ष डा.प्रविण गिरीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ–चिकित्सक तथा नागरिक समाजको तर्फबाट सरकारलाई पटक पटक लिखित तथा मौखि जति आग्रह गर्दा पनि व्यवस्ता गरिएका कारण कर्णाली प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्था आकस्मिक बाहेक मंगलबार देखि प्राय ठप्प भएका छन् । डा. केसीलाई जतिसक्दो चाडो अस्पताल नपुर्याए जुनसुकै बेला जे पनि हुन सक्छ र यसको सम्पूर्ण जिम्मेवार सरकार हुनुपर्छ ।

नेपाल सरकारले चिकित्सा शिक्षा र जनस्वास्थ्यलाई नाफाको व्यापार गर्ने र जनताको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्ने संविधान २०७२ ले दिएको अधिकारको समेत व्यवास्ता गर्दै जबरजस्ती स्वास्थ्य विधेयक पारित गराउन खोज्दै छ ।
यहि बिषयमा चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा.गोविन्द केसी यतिबेला १५ औं पटकको अनसनमा जीवन मरणको संघारमा कर्णालीको खेलकुद परिषदको अव्यवस्थित हलमा जनताको अधिकारको लागि ज्यानै दिनुपरेपनि पछि नहट्ने अडानका साथ ५ दिन देखि आमरण अनसन बसिरहनुभएको छ ।
यता केपी ओलीको सरकार भने डा.केसीको ज्यानै लिएर भएपनि आफ्ना पोल्टाका मेडिकल माफियाहरुलाई मेडिकल कलेजको सम्बन्धन दिएर छाड्ने अडानका साथ डा.केसीको जीवन माथी खेलबाड गरिरहेको छ । डा.केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्ने तय गरे लगत्तै उहाँलाई त्यस क्षेत्रमा प्रवेशमा समेत रोक लगाएर उहाँलाई गिरफ्तार गरि सरकारले आफ्नो हैसियत प्रद्र्धशन गरेको थियो । चौतर्फी बिरोधका कारण उहाँलाई धुनाबाट मुक्त गरेको भन्दै खेलकुद परिषद्को जिर्ण कभर्ड हलमा लगेर छोडी चौतर्फी रुपमा शुरक्षा कर्मीले घेराबन्दी गरेका थिए ।
शनिवार उहाँले उक्त घेराबन्दी भित्रै कर्भडहलमै अनसन शुरु गर्नुभएपछि सुरक्षित स्थानमा सार्नका लागि नेपाल चिकित्सक संघ कर्णाली शाखा, केन्द्र, मानव अधिकारकर्मी, स्वास्थ्यकर्मी, नागरिक समाज लगायतले सरकारको ध्यानाकर्ष गराउँदा समेत अटेर गरि डा.केसीको अनसन स्थल परिवर्तनका लागि सुरक्षित स्थानको व्यवस्था नहुँदा उहाँको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको उपचारमा संलग्न डा.प्रविन गिरीले बताउँनुहुन्छ ।
ओली सरकारकै पालामा प्रस्तावित मनमोहन मेडिकल कलेजलाई वीर अस्पतालमा गाभ्ने निर्णय गरि मूल्यांकन र नामाकरण समेत गरिसकेको अवस्थामा अब पुनः त्यसालाई बिउताउने र अन्य प्रस्तावित तर मापदण्ड पुरा नभएका राजनैतिक स्वार्थका आधारमा आश्वास्त पारिएका मुष्ठिभरिका व्यापारिहरुको स्वास्र्थ पूर्तिका लागि नेपाली जनता र विद्यार्थीहरुलाई अपमान गर्दै गरेको पूर्व स्वास्थ्य मन्त्री तथा सांसद गगन कुमार थापा बताउनुभएको छ ।
डा.केसीको माग प्रति एकेवद्धता जनाउँदै चिकित्सा शास्त्र अध्ययन संस्थानले पनि बिरोध जनाएको छ । त्यसैगरि बुधबारै स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीका चिकित्सक, नर्स, कर्मचारी, विद्यार्थी, सर्वसाधारण, नागरिक समाजले डा.केसीको ज्यान बचाउँ भन्ने प्लेकार्ड बोकी बजार परिक्रमा गरि डा.केसी अनसन बसेको स्थल पुगी पुनः स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगी शान्तिपुर्ण धर्ना बसेका छन् ।











प्रतिक्रिया