कांग्रेस बैठकः अनशनरत गोविन्द केसी र गंगामायाको अवस्था बुझ्न ३ जना सांसद खटाउने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

नेपाली कांग्रेसको बैठकले डा. गोविन्द केसीको अनशनको अवलोकन गर्न तीन जना सांसदलाई जुम्ला पठाउने भएको छ । बुधबार बसेको संसदीय दलको बैठकले सांसदहरु प्रकाश रसाइली स्नेही, रंगमति शाही र दिनवन्धु श्रेष्ठलाई जुम्ला पठाउने निर्णय गरेको हो ।

उनीहरुले डा. गोविन्द केसीको अनशनमा ऐक्यवद्धता जनाउने र उनको अवस्थाबारे जानकारी लिने कांग्रेसका एक नेताले जानकारी दिए । उनीहरु बिहीबार विहान त्यसतर्फ जानेछन् ।

त्यस्तै कांग्रेसले छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनमा रहेकी गंगामाया अधिकारीको अवस्थाको स्थलगत अवलोकन गर्न सांसदहरु पार्वता डिसी चौधरी, अमरेशकुमार सिंह र वेद तिमल्सिनालाई खटाएको छ ।

त्यस्तै कांग्रेसको बैठकले सरकारले निश्चित स्थानलाई मात्र प्रदर्शन र सभास्थल तोकेर अन्य क्षेत्रमा निषेध गरेकोमा विरोध गर्दै अविलम्ब फिर्ता लिन पनि माग गरेको छ ।