कुनाकाप्चामा गएर आन्दोलन गर भन्नु लोकतन्त्र विरोधी कार्य – डा.भट्टरार्इ

0
Shares

गंगा बराल, काठमाडौं ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले केही दिनअघिबाट गरिएका सरकारका गतिविधिले लोकतन्त्र र समाजवाद स्थापना हुन नसक्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुखसँग विशेष समय माग्दै भट्टराइले कम्युनिस्टको यो सरकारले समाजवाद ल्याउने खालको काम गर्न नसकेको आरोप लगाउनुभयो । भट्टराईले सरकारको पछिल्लो काम राम्रो नभएको भन्दै काठमाडौंका मुख्य ठाउँमा आन्दोलन र विरोध गर्न नदिने सरकारको निर्णय लोकतन्त्र विरोधी भएकोमा आपत्ति जनाउनुभयो ।

उहाँले विभिन्न दार्शनिक र विचारकको नाम लिँदै आन्दोलनगर्ने र आफ्ना विचार राख्न नदिने सरकारको निर्णय कुनै पनि ढंगले उपयुक्त नभएको बताउनुभयो । भट्टराइले देखिने र खुला ठाउँमा छोडेर कसैले नदेख्ने कुनाकाप्चामा आन्दोलन गर भन्नु दुर्भाग्य भएको बताउनुभयो । सरकारले केही दिनअघि उपत्यकाका प्रमुख ठाउँमा अनसन बस्न र धर्नाका कार्यक्रम गर्न नदिने भन्दै मुख्य ठाउँबाट बाहिर केन्द्र तोकेको थियो ।

भट्टराईले सरकारले तयार पारेको शिक्षा विधेयक फिर्ता लिनुपर्ने र डा. गोबिन्द केसीको जीवनरक्षाको पनि माग गर्नुभयो ।