ओखलढुंगामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गयो, चालक फरार

0
Shares

नेपाल समाचारपत्र, ओखलढुङ्गा, ओखलढुंगामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन् ।

बुधवार विहान सुनकोसी गाउँपालिकाको मूलखर्क भन्ने स्थानवाट ओखलढुङ्गाको सदरमुकामका लागि छुटेको बा १५ च ८८४३ नम्बरको जीप च्यानमको भालदिप भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटना भएको जीप सडकवाट करीब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको घाईतेहरुको उद्धार गरि उपचारका लागि ओखलढुङ्गा अस्पताल तर्फ पठाईएको जनाइएको छ ।

मृतक एकको घटनास्थलमा नै र एक जनाको उपचारका लागि ओखलढुङ्गा तर्फ ल्याईदै गर्दा बाटैमा मृत्यु भएको र घाईते भएका तिनैजनालाई उपचारका लागि सामुदायीक अस्पताल सोब्रुमा ल्याईएको छ । घाईते तिनैजनाको अवस्था गम्भिर रहेको छ ।

घटनामा परि मृत्यु भएकाको सनाखत हुन सकेको छैन । जीप रोकेर बाँकी यात्रु खाजा खान गएको बेलामा जीप आफै गुडेर दुर्घटनामा परेको बताईएको छ । चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।