निष्कर्षविहिन नेकपा बैठक

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं ।

नेकपा सचिवालयको बैठक सामान्य छलफलमै टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान पौने १० बजेदेखि शुरु भएको बैठकमा पार्टीको विधान, नियमावली राजनीतिक प्रतिवेदन र जनवर्गीय संगठनको एकता बारे छलफल भए पनि कुनै निस्कर्ष नभएको बताइएको छ ।

यस अघि प्रधानमन्त्रीको चीन भ्रमण अगाडि असार २ गते पार्टीको सचिवालय वैठक बसेको थियो । बैठकले पार्टी विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्ने अपेक्षा गरिएको थियो तर, त्यस अुनसारको छलफल हुन नसकेको बताइएको छ ।

बैठकमा सहभागी बिशेष सचिवालय पदाधिकारीहरुले अधिकाँश समय प्रधानमन्त्रीको चीन भ्रमण, डा. गोविन्द के।सीको अनसन र अविरल वर्षाको कारण मुलुकको विभिन्न ठाउँमा आएको बाढी र पहिरो बारे मात्र छलफल गरेको सहभागी एक नेताले जानकारी दिए ।

नेकपाको ९ सदस्यीय बिशेष सचिवालयमा अध्यक्षद्वय के.पी ओली तथा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, ईश्वर पोखरेल र रामबहादुर थापा बादल सहभागि छन् ।