नेपाल समाचारपत्र, काठमाडौं ।
नेकपाले पार्टी सचिवालय बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा शुरु भएको छ । यस अघि प्रधानमन्त्रीको चीन भ्रमण अगाडि असार २ गते पार्टीको सचिवालय वैठक बसेको थियो । बैठकले पार्टी विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्ने अपेक्षा गरिएको छ ।
९ सदस्यीय नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्रीको केपी ओलीको चीन भ्रमणको समीक्षा, एकीकृत पार्टीका आन्तरिक काम, शिक्षा विद्येयक, नेताहरुको कार्यविभाजन र संसदीय समिति गठन लगायतका विषयमा छलफल हुने बताइएको छ । नेकपाले यस अघि विभिन्न भातृ संगठनहरुको एकताका लागि कार्यदल बनाएको थियो ।











प्रतिक्रिया