गायीका जुनाको तिज गीत ‘भाग्यमानी छोरी’ बजारमा (भिडियोसहित)


काठमाण्डौं (नेस) । लोक गायीका चन्द्रा मरासिनी जुनाको नयाँ तिज गीत ‘भाग्यमानी छोरी’ बजारमा आएको छ । आफ्नै शब्द रचनामा आँफु स्वयम्ले आवाज दिएकी जुनाले गीतमा आँफुलाई भाग्यमानी छोरी तथा बुहारीको रुपमा प्रस्तु्त गरेकी छन् । गीतलाई गायक जिज्ञासु पौडेल तिलकले लय दिएका छन् ।

हाईलाईट्स नेपालले बजारमा ल्याएको उक्त गीतमा राजु सापकोटा, निरु खड्का, गीता थापा, रुपा गौतम र दिवाकर भण्डारीको उत्कृष्ट अभिनय रहेको छ । त्यस्तै बाल कलाकार सम्राट गौतम र स्तुती गौतमको अभिनयले पनि गीतलाई थप सार्थकता दिएका छन् । गीतको निर्देशन निरु खड्काले गरेका हुन् भने एरेन्ज कमल सौरागले गरेका हुन् ।

मौलिक शब्द तथा लोक लय प्रस्तुत गरेकाले आफ्नो गीतलाई स्रोताले माया गरिदिनेमा गायीका जुना विश्वस्त रहेको जिकिर गर्छिन् ।

हेर्नुस यस्तो छ भिडियो