मुकुन्दराज शर्मा
प्रिन्सिपल, लिटिल एन्जल स्कुल,
नेपालमा माध्यमिक परीक्षा अथवा मैट्रिक भनौँ वा एसएलसी परीक्षा जुन हालैका वर्षदेखि एसइई भनेर चिनिएको छ, यसको इतिहास वि.सं. १९३८ देखि प्रारम्भ हुन्छ अर्थात् १३६ वर्ष पुरानो छ। जतिबेला नेपालबाट मानिस भारतको कलकत्ताबाट नै मैट्रिक परीक्षा दिने गर्थे।
पछि वि.सं. १९८० सालदेखि भारतकै पटना पुगेर मैट्रिक दिन थालियो र वि.सं. १९८७ मा पटनाले काठमाडौँमै केन्द्र राखेर परीक्षा सञ्चालन गरिदियो। वि.संं. १९९० सालदेखि नेपालको आफ्नै परीक्षा बोर्ड सञ्चालनमा आयो र आजसम्म ८५ ब्याच विद्यार्थीहरूले दस कक्षाको बोर्ड परीक्षा दिइसकेका छन्। प्रसङ्ग नेपालमा मैट्रिक वा एसएलसी अथवा एसइई परीक्षाको ऐतिहासिक रूपरेखाको होइन, यसको परिवर्तित महत्वको हो। हामी शिक्षकवर्ग, अभिभावक लगायत सबैले झण्डै चारपाँच वर्षअघिसम्म पनि एसएलसीलाई फलामे ढोका भन्ने गरेको सुनेकै हौँ। १० कक्षाको बोर्ड परीक्षा देशभरि ठूलो महात्म्यजस्तो हुन्थ्यो, अझै पनि लगभग त्यस्तै छ।
छोराछोरीको एसएलसीको परीक्षाका बेला देश–परेदश गएका बाबुआमा पनि उनीहरूको मनोबल उच्च गराउन घर फर्कने गर्थे÷गर्छन्। बोर्ड परीक्षाको नतिजा सार्वजनिक भएपछि झण्डै एक सातासम्म छरछिमेकमा उत्सवजस्तै खुसियाली चलिरहन्छ। नतिजा राम्रो नभएमा ठूलो तनाव र नैराश्यताको वातावरण बन्दछ।
आखिर यस्तो हुन्छ किन ? विद्यालय पढ्ने विद्यार्थीहरू उत्तीर्ण–अनुत्तीर्ण त अन्य कक्षामा पनि भएकै हुन्छन्, तर त्यो बोर्ड परीक्षाको महङ्खव किन यतिबिघ्न छ कि यसमा अनुत्तीर्ण हुनेले पहिले–पहिले त ज्यानैसम्म दिन्थे ? के यो बुझाइको कमी हो ? कि यसको महत्व साँच्चीकै मान्छेको जीवनजत्तिकै महत्वपूर्ण हो ? प्रत्येक कक्षाको पढाइ जीवनको एउटा खुड्किलो हो।
एउटा खुड्किलो भत्किए भर्याङ्को उक्लाइ नै रोकिन्छ। त्यसकारण प्रत्येक कक्षाको पढाइलाई एकैनासको महत्व किन दिइँदैन ? यसमा एउटा सारतत्व के पनि हो भने, दश बाह्र वर्षको सिकाइ उपलब्धि यसबेला राष्ट्रले नै नाप्छ र त्यो उपलब्धि राष्ट्रभरि सार्वजनिक गरिन्छ।
यो कुनै एउटा शिक्षक वा विद्यालयको मात्र मूल्याङ्कन नभएर सिङ्गो देशकै शैक्षिक उपलब्धिको मूल्याङ्कन भएकाले त्यस मानेमा यसलाई महत्वपूर्ण ठानिनु पर्छ। तर, एउटा सिङ्गो विद्यार्थी वा उसको परिवार वा उसको वरिपरिको समाजका लागि यो परीक्षा यति धेरै ओजिलो किन छ ? किन अन्य परीक्षाहरूमा भन्दा यस परीक्षामा पाकेटका पाकेट मिठाइ बाँडिन्छन्, फेसबुक बधाई र स्याबासीका सन्देशहरूले भरिन्छन् ? यो परीक्षामा सफल हुनेले चढेको उचाइ कति हो वा असफल हुनेले झर्नुपर्ने रसातल कति गहिरो हो ?
मैले केही विद्यार्थीहरूलाई यसै प्रसङ्गमा जिज्ञासा राखेँ। अधिकांशले यसको उत्तर एकै किसिमले दिए। “एसइईसँग हाम्रो भविष्य जोडिएको हुन्छ।” एकजनाले भने, “मैले एसइईको सर्टिफिकट जीवनका हरेक प्रतिस्पर्धामा प्रस्तुत गर्नुपर्ने हुन्छ। त्यसैले यो कमजोर हुनुहुँदैन।” उसको आत्मविश्वासले भरिएको उत्तरले मलाई छोयो।
हामी सधैँ विद्यार्थीले कति सिक्यो भनेर सिकाइ उपलब्धिका कुरा गर्छौँ, तर अन्ततोगत्वा मानव जीवन प्रतिस्पर्धा र अरूलाई उछिन्ने खेलै त रहेछ। आजभन्दा तीस चालिस वर्षअघि दस कक्षा उत्तीर्ण भएको व्यक्ति गाउँघरमा पढेलेखेको ठूलो मानिस हुन्थ्यो, शिक्षक बन्थ्यो, सरकारी कर्मचारी बन्थ्यो र समाजमा उसको ठूलै मान प्रतिष्ठा हुन्थ्यो। त्यसबेला पढाइलाई अति कठिन बनाइएको थियो, पढाउने मास्टरसाहेबहरू आयात गर्नुपथ्र्यो, गाउँका ठूलाबडाले आफ्नै घरमा खानबस्न दिएर विद्यालयलाई शिक्षक उपलब्ध गराउँथे। साँच्चिकै पढाइ कठिन थियो, एसएलसी फलामकै गेटसरि थियो।
तर जमाना फेरिएको छ। सबै कुरा सहज बन्दै गएको छ। दश कक्षा मात्रै पढ्नुले अब कुनै महत्व राख्दैन। पढाइ पनि जीवन र जीविकोपार्जन पनि धेरै प्रतिस्पर्धी बनेको छ। त्यसका लागि धेरै पढ्नुपर्ने, धेरै बुझ्नुपर्ने र धेरै सिक्नुपर्ने बेला आएको छ। उच्चकोटिको शिक्षा र उच्च शिक्षा प्रत्येक मानिसका लागि अपरिहार्य बनेका छन्।
जब कुनै विद्यार्थीले बाह्र कक्षा उत्तीर्ण गर्छ, त्यसपछि ऊ डाक्टर बन्ने कि ? इन्जिनियर ? वकिल, अर्थशास्त्री, शिक्षाशास्त्री के बन्ने कुराले मोड लिन्छ। पढाइ र जीवनको वास्तविक मोड लिने घुम्ती बाह्र कक्षा नै हो। त्यसकारण एघार र बाह्र कक्षालाई अत्यन्तै मिहिनेत गरेर पढ्नुपर्दछ।
अब त्यसो भए, एसइईको कुनै महत्व छैन त ? भन्ने जिज्ञासा विद्यार्थीमा उब्जिएला। पढाइ त प्रत्येक कक्षाकै महत्वपूर्ण हुने भइहाल्यो। तर, कक्षा दस एउटा अर्को महत्वपूर्ण मोड हो जसले एघार र बाह्र मा कुन विषय पढ्ने ? कुन विषय पढ्न योग्य हुने ? भन्ने निर्धारण गर्दछ। त्यसकारण, एघार र बाह्र को निर्णय एसइईले गर्छ भने आफ्नो पेसागत बाटो समात्ने निर्णय एघार र बाह्र ले गर्छ। अतः दस कक्षामा अत्यन्त राम्रो नतिजा आउँदा सबैथोक पाएँभैmँ गरी मात्तिनु वा थोरै तल पर्दैमा सबै नासियोभैmँ गरी आत्तिनु हुँदैन।
कक्षा एघार र बाह्रलाई बेस्सरी मिहिनेत गरी पढेमा गुमेको मनोबल फेरि प्राप्त गर्न पनि सकिन्छ र जीवन पनि सफल हुन्छ। जीवनका धेरै मोडहरूमध्ये एसइईको मोड महत्वपूर्ण र मार्गदर्शक मोड भए तापनि निर्णायक मोडचाहिँ होइन। यसबाट धेरै विद्यार्थीहरू हतोत्साहित र विचलित भएको देखिन्छ, तर त्यसो नगरी आफ्नो मिहिनेतलाई अझ बुलन्द बनाउनुपर्दछ। पक्कै पनि एसइईको उपलब्धि नै कमजोर भएमा आगामी दिनहरू बढी कठिनतम् हुनेछन्, त्यसमा भने हेक्का रहोस्।
बिद्यार्थीहरूले जब कुनै विद्यार्थीले बाह्र कक्षा उत्तीर्ण गर्छ, त्यसपछि ऊ डाक्टर बन्ने कि ? इन्जिनियर ? वकिल, अर्थशास्त्री, शिक्षाशास्त्री के बन्ने कुराले मोड लिन्छ। पढाइ र जीवनको वास्तविक मोड लिने घुम्ती बाह्र कक्षा नै हो।
प्रतिक्रिया