माया र सल्लाहको खाँचो

0
Shares

सुप्रभात भण्डारी

बिगत ८४ वर्ष अगाडि देखि बिद्यालय शिक्षाको फलामे ढोका भनेर चिनिने गरेको हालको एसईई परिक्षा अझैपनि यसको समाजमा उच्च महत्व रहिआएकोछ। पहिले प्रवेशिका परिक्षा भनेर चिनिने पछि आएर एसएलसी हाल आएर कक्षा १० को अन्तमा लिइने राष्ट्रिय परिक्षालाइ एसइइ भनिन्छ। परीक्षा गत वर्ष २०७४ मा संचालित भइ भरखरै यसको नतिजा सार्वजनिक भएकोछ।। पहिले पहिले कक्षा १० नै बिद्यालय तहको अन्तिम तह हुने र त्यस पछि को तहलाइ उच्च शिक्षाको ढोका याने बिश्वबिद्यालय शिक्षाको तल्लो तहको रुपमा लिइन्थ्यो। आजकल बिद्यालय तहको संरचना पुर्व प्राथमिक तह देखि कक्षा ८ सम्म आधारभूत तह र ९ देखि १२ सम्म माध्यामिक तह हुन गएको छ। तथापी कक्षा १० को अन्तिम परिक्षालाई राष्ट्रिय परिक्षाकै रुपमा अझैपनि लिने प्रचलन कायम रहेको छ। यस परीक्षाको मुल्यांकन बिगतमा अंकको आधारमा हुन्थ्यो भने २०७२ साल देखि यसलाई ग्रेडको आधारमा गरिने व्यवस्था वनेकोछ।

२०७४ सालको एसईई परिक्षामा कुल ४ लाख ५१ हजार ५ सय ३२ बिद्यार्थीहरू सहभागि रहेको परिक्षामा कसैलाइ अनुतिर्ण नभनेता पनि यस नतिजाका आधारमा डि र इ ग्रेड ल्याउने ७३ हजार १ सय २२ बिद्यार्थीहरू सरासर माथिल्लो कक्षामा पढन पाउनेछैनन। कुल परिक्षार्थी मध्ये ३ दशमलब ६५ देखि ४ जीपीए अर्थात ए प्लस ल्याउने बिद्यार्थीको संख्या जम्मा १४ हजार २ सय ३४ छ। यो ३ दशमलब १५ प्रतिशत हुन आउंछ।

मूल कुरो कक्षा १० को परीक्षा पछि बिद्यार्थीहरूले पढने कक्षा ११ र सो सरह नै भएतापनि बिषय छनोट अर्थात बिज्ञान, व्यवस्थापन मानबिकी, शिक्षा, कृषि, वा सिटिइभिटि अन्तर्गतका नर्सिंग, फार्मेशी, सामान्य चिकित्सा,डिप्लोमा इन सिभिल, इलेक्ट्रिकल आदि नै अध्ययन गर्ने बिषय हो। बिदेशी कार्यक्रम अन्तर्गत ए लेभल जस्ता बिषयहरूपनि बिद्यार्थीका छनोटका बिषय पर्दछन।

एसईई पछि बिद्यार्थीहरू र अभिभावकका बिच बिषय छनोटमा अन्र्तव्दन्द बढेको पाइन्छ, कतिपय अभिभावकहरू आफनो इच्छा अनुसारको आफना छोरा छोरीहरूले पढिदिउन भन्ने चाहना वोकेर पाइन्छ। त्यसमाथिपनि धेरै अभिभावकहरूलाई आफना सन्तान डाक्टर इञ्जिनियर नै बनिदिउन भन्ने चाहना रहेको पाइन्छ। मुलत अभिभावकलाई आफना सन्तान आफुले भनेझैं बनिदिउन भन्ने चाहना लिइनु नराम्रो मान्न सकिंदैन तर आमा वावु आफनो इच्छा बमोजिम नै रोजेको बिषय छोरा पढिदिउन भन्नुलाइ चाहिं राम्रो मान्न सकिंदैन।

अर्थात बिषयगत रुपमा हासिल गरेको दक्षता र रुचि लाइ ध्यान दिएर आफना सन्तानलाई बिषय छनोटमा परामर्श दिनु उचित हुन्छ। बिषय छनोटको जिम्मा बिद्यार्थी आफैलाइ छोडिदिनु उचित हुन्छ किनभने आजका बिद्यार्थीहरू आफनो भबिष्यको वारेमा अव्वल भइसकेका हुन्छन। उनिहरूलाइ परामर्शको आवस्यकता पर्दछ र उनिहरूमाथि सामान्य निगरानि गर्नुपर्छ ता कि उनिहरू बिग्रन नपाउन। बिद्यार्थीहरूले पनि बिषय र स्कुल कलेज छनोटमा लहलहैमा नलागि राम्रो संग सोच बिचार गरेर आफुले पाएको ग्रेड र आफनो रुचि र आफनो परिवारको आर्थिक पृष्टभुमिलाई ध्यान दिनु उपयुक्त हुनेछ।

यतिवेला बिषय छनोटले बिद्यार्थीहरूको भविष्यको वाटो निर्धारण हुनेहुंदा उनिहरूलाइ अभिभावकको बिशेष मायां र सल्लाहको भने खांचो हुन्छ। साथसाथै हाम्रो अहिलेको प्रचलन अनुसार प्राय बिद्यार्थीहरू आफुले पढेको स्कुल भन्दा अर्कै स्कुलमा पढन लालायित भएको पाइन्छ। तर एउटा कुरा अभिभावकहरूमा पनि ध्यान जानु जरुरी छ कि धेरै पैसा तिरेर मात्र गुणस्तरीय शिक्षा पाइने हैन र वजारको हल्लाको भरमा बिज्ञापनको होड वा जोडतोडले मात्र स्कुल याने कलेजहरू राम्रो हुने होइन यसका लागि स्कुल कलेजको बिगतका वारेमा सामान्य जानकारी लिनु उचित हुन्छ र यसले स्कुल कलेजको छनोटमा मद्दत पुराउनेछ।

बिद्यार्थीहरूले पनि बिषय र स्कुल कलेज छनोटमा लहलहैमा नलागि राम्रो संग सोच बिचार गरेर आफुले पाएको ग्रेड र आफनो रुचि र आफनो परिवारको आर्थिक पृष्टभुमिलाई ध्यान दिनु उपयुक्त हुनेछ।