देउखुरी,
गढवा गाउँपालिका वडा नं. ७ सेम्री निवासी श्यामपति चौधरी माछा मार्न राप्ती नदिमा जान थालेको वर्षौं भैसक्यो । तर, पहिले र अहिले राप्ती नदिमा परिवर्तन देखिएको अनुभव उहाँ संग छ ।
पहिलेको जस्तो नदिमा माछा पाईन छाडेको छ ।‘पहिले पाईने माछा अहिले भेटिदैनन्, त्यहि भएर खेति किसानको काममा बढि समय दिन थालेको छु’उहाँले भन्नुभयो–‘नदिमा वम हान्छन्, विष हालेर माछा मार्छन्, माछा लोप हुन थाले ।’ राप्ती नदिमा वर्षौं अघि भेटिन माछा अहिले पाईदैनन् । माछा लोप हुन थालेका छन् ।
पानी परियोजनाका जलाधार ब्यवस्थापन विशेषज्ञ भाष्करदेव चौधरीका अनुसार राप्तीमा पाईने आधा दर्जन माछा लोपन्मुख अवस्थामा पुगेका छन् । पहाडमा रिम नामले चिनिने रैनी नाम गरेको माछा अहिले लोपन्मुख अवस्थामा पुगेको छ । यो माछा समुन्द्रबाट खेल्दै राप्ती नदिमा आउने गर्छ । अहिले यो माछा देखिन छाडेको छ ।
यस्तै डिरा, सहर, तीते, कत्ले लगायतका माछा लोपन्मुख अवस्थामा पुगेको उहाँले वताउनु भयो । माछा लोपन्मुख अवस्थामा पुग्नुको कारण मध्य माछाको वासस्थान नासिदै जानु हो ।‘राप्ती नदिमा पानीको मात्रै घट्दै गएको छ । माछा बस्ने गहिरो रह, सिक्टा पुरिदै गएका छन् । जसले गर्दा माछाको वासस्थान उपयुक्त छैन् ।
त्यही भएर माछा संकटमा पर्दै गएको हो’चौधरीले भन्नुभयो–‘पानी, माछा र जलचर जीवको संरक्षणको खाँचो छ ।’ नदि र खोलामा माछा मार्न वम र विषको प्रयोग हुदै आएको छ । यस्तो कार्यले माछा संगै पानीमा पाईने जलचर जीव नासिदै गएका छन् ।
राप्ती नदिमा तिलोरी, मंगुर, बाम, पढ्नी, टेंगार, चरींगा, बोर्ना, बमघिउली, ठेंड, चिप, सेढरी, सेफखैनी, रैनी, कबला, बैखा, धोंग, मुरला, अंधइ, गिरै, खेक्सी, घेत्ता, बाघे घेत्ता, जिल्फुलवा घेत्ता, धिकरहवा, घेत्ता, झिंगा, ग्रहन, रेंटी, पहरु, सांध, कुकुर झिगा लयताका माछा पाईने गरेका छन् ।
माछा संरक्षण गर्न समुह
पानी परियोजनाले राप्ती नदि किनारमा वसोवास गर्ने मछुवाराहरुको समुह गठन गरेको छ । गढवा गाउँपालिका संग समन्वय गरेर मानव कल्याण तथा बातावरण संरक्षण केन्द्र दाङले गढवामा मंगलबार आयोजना गरेको राप्ती नदीको जलिय जैविक विविधता संरक्षणको माध्यमले दिगो आर्थिक विकास कार्यक्रम परियोजना परिचयात्मक तथा मछुवारा समुह गठन कार्यक्रमको आयोजना गरेको हो ।
गढवा गाउँपालिकाका अध्यक्ष शहजराम यादवको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका सदस्य देविलाल थारु कुमालको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले खिमबहादुर वोटेको अध्यक्षतामा १७ सदस्यीय रावा माछा संरक्षण सम्वद्र्धन समुह गठन गरेको छ । उपाध्यक्षमा धनकुमारी चौधरी, सचिवमा श्यामसुन्दर कुमाल, कोषाध्यक्षमा शिउकुमारी चौधरी र अन्य सदस्यमा रहेका छन् । गाउँपालिकाका अध्यक्ष शहजराम यादवले आफ्नो गाउँपालिकाको क्षेत्रमा पर्ने राप्ती नदी र अन्य खोलाहरुमा वम र विष हालेर माछा मार्नेकार्यलाई नितिगत रुपमै निषेध गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा पानी परियोजनाका जलाधार ब्यवस्थापन विज्ञ भाष्करदेव चौधरी, गढवा वन तथा बातावरण संरक्षण समन्वय समितिका अध्यक्ष उमाकान्त पन्त लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो । मानव कल्याण तथा बातावरण संरक्षण केन्द्र दाङका पानी परियोजना कार्यक्रम प्रवन्ध प्रदिम मज्गैयाँले परियोजना बारे जानकारी दिनुभएको थियो । कार्यक्रमको सहजिकरण फिल्ड संयोजक राममोती चौधरीले गर्नु भएको थियो ।











प्रतिक्रिया