चितवन । नारायणगढ मुग्लिन सडकमा साेमबार बिहानदेखि सवारी एकतर्फी सञ्चालन गरिएको छ । चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेर सवारी आगनमा समस्या भएपछि सडक एक तर्फी मात्र सञ्चालनमा गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ती ठाउँमा बिहान ५ बजे पहिरो खसेकाे हो । पहिरो पन्छाउने प्रयास गरिएको छ । निरन्तर वर्षाको कारण पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।
सरकारले उच्च जोखिम मानेकाेृ सडक मध्ये यो पनि एउटा खण्ड हो । कालोपत्रे भए पनि बिस्तार गर्ने कार्य भइरहेको् हुनाले नारायणगढ मुग्लिङ सडक बेला बखत अवरुद्ध हुने गरेको छ । पहिरोको कारण उक्त खण्डकाे यात्रा जोखिम पूर्ण बनेको छ ।











प्रतिक्रिया