सालैजोमा पोखियो प्रेमजोडीको बह


गायक तथा संगीतकार आँसु लामाको गीति अडियो एल्बम मन त मायासितै छमा संगृहित लाँकुरे डाँडा फिरफिरे पात बोलको सालैजो गीतको म्युजिक भिडियो तयार पारिएको छ।

आँसु लामाको शब्द तथा लय संकलन रहेको गीत गायक रोमन राना मगर र गायिका गीता पाइजा मगरले गाएका छन्।

यम गुरुङले निर्देशन तथा कोरियोग्राफी गरेको गीतको म्युजिक भिडियोमा गायक मगर, यम गुरुङ, वीरबल घले र डोल्मा गुरुङले अभिनय गरेका छन्। गीतमा टाढा रहेका प्रेमी र प्रेमीकाले एक अर्कासामु मनको बह पोखेका छन्।

गीतको म्युजिक भिडियोलाई वासु बरालले छायांकन तथा विष्णुहरि तिमल्सिनाले सम्पादन गरेका छन्।