काठमाडौं उत्रिदै निगमको वाईड बडी जहाज

0
Shares

नेपाल समाचारपत्र, काठमाडाैं ।
नेपाल वायुसेवा निगमले खरीद गरेको वाइडबडी विमान आज काठमाडौं आईपुग्ने भएको छ । एयरबस ए ३३०–२०० सिरिजको ९ एन–एएलवाई कलसाइनको अन्नपूर्ण विमान निगमले आज नेपाल ओराल्न लागेको हो ।

निगमका सहप्रवक्ता शैलेश कंसाकारकाअनुसार वाइडबडी विमान ल्याउनको लागि करिव १ दर्जन भन्दा वढि निगम र नेपाल नागरिक उडड्यन प्राधिकरणका टोली बिहिबार विहान ८ वजे काठमाडौं अवतरण गर्नेछ । विमान विदेशी चालक हरुले उडाएर त्रिभूवन विमानस्थलमा अवतरण गराउने छन् ।

नेपाल उडड्यन क्षेत्रमा नेपाल वायूसेवा निगमको यो विमान खरिद गर्नु एतिहासको ठूलो उपलव्धीको रुपमा हेरिएको छ । निगमका महाप्रवन्धक सुगत रत्न कंसकारले २८ वर्ष सम्म निगमले नयाँ विमान खरिद नगर्दा निगमले बजारमा प्रतिश्प्रधा गर्न कठिन भएको बताउदै आउनु भएको छ ।

निगमको विमान ल्यानको लागि महाप्रबन्धक सुगतरत्न कंसाकार, कर्पोरेट विभाग निर्देशक रवीन्द्र श्रेष्ठ, इन्जिनियरिङ विभागका निर्देशक कर्ण बहादुर थापा, एवं पाइलटहरु श्रवण रिजाल र एमएम डंगलोसहितको टोली केही दिन अघि फ्रान्स टुलुज जानुभएको थियो ।

१८ विजनेस कलास, २ सय ५६ सिट २७४ सिट क्षमताको वाइड बडी विमानमा १६ वटा विजनेस क्लास सिट छन् । विमान केही समय पछि हालकै निगमको नियमित गन्तव्यमा उडान भर्ने योजना रहको छ । भने साउदी अरवको रियादमा थप उडान भर्ने योजना रहको छ । निगमले चाडैनै जापान र कोरियामा उठान भर्ने तयारि समेत गरेको छ ।

२०७३ चैत २५ गते अमेरिकन लिजिङ कम्पनि एएआर कर्पोरेशनमार्फत् एयरबस ए ३३०–२०० सिरिजका दुई विमान खरिद सम्झौता भएको थियो । निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट नौ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको हो । संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने समय सिमा राखेको छ ।

निगमले दुई वाइड बडी जहाज २९ दशमलब ६ मिलियन अमेरिकी डलर मूल्यका आधारमा खरिद गर्नलागेको हो । निगमले गत फागुन ४ मा दुईटा वाईडबडी किन्न एएआर कर्पूेसनलाई बैना बापत स्वरूप १० लाख अमेरिकी डलर पठाएको थियो । अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर जितेको थियो ।

हाल भने निगमले करिव साढे १२ अर्ब रुपियाँ पठाई सकेको छ । हल निगम ले ८ गन्तव्यमा उडान गरिरहको छ । आठ गन्तव्यहरु दुवई हङकङ, बैंकक, बैंगलोर, दोहो र मलेसिया, दिल्ली, मुम्बईमा उडान भर्दै आएको छ ।

निगम र एएआरबीचको सम्झौता अनुसार निगमलाई दुवै जहाज सन् २०१८ को अप्रिल र मे महिनामा हस्तान्तरण गर्ने सहमति भएको भए पनि केही प्रविधी कारणले ढिला भएको थियो । दुई जहाज थपिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि जहाजको संख्या ५ पुग्नेछ । हाल एक बोइङ ७५७–२०० र एयरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत ८ गन्तव्यमा उडान गरिरहको छ ।