हुण्डीको कारोवार गर्ने पक्राउ

0
Shares

काठमाडौं(नेस) । नयाँवजारस्थित पुलबाट तारकेश्वर नगरपालिका–२ घर हुने वालकृष्ण भण्डारीलाई स्रोत नखुलेको हुण्डी कारोवारको २० लाख रुपैयाँ नगद र मोवाइल १ थान सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

हुण्डी कारोबारको रकम लिई एकजना व्यक्ति आउदै गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको विशेष टोलीले जाँच गर्दै जाँदा झोलाभित्र लुकाई छिपाई राखेको उक्त नगद सहित फेला परेपछि भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।