समूह विजेता बन्दै स्विडेन अन्तिम १६ मा


काठमाडौं ।
रसियामा जारी विश्वकपको समूह एफ तर्फको तेस्रो खेलमा स्विडेन समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । स्विडेनले मेक्सिको विरुद्ध ३–० को जित निकालेपछि गोल भिन्नताका आधारमा स्विडेन समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

हारसँगै मेक्सिकोले भने समूह उपविजेतामा चित्त बुझाउनु पर्याे । यस अघि दुई खेल जितेर समूहको अग्रस्थानमा रहेको मेक्सिको समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

उक्त खेलमा स्विडेनलाई महत्वपूर्ण जित दिलाउन अगस्टिसन, ग्राङ्कभिस्टले गोल गरेका थिए भने मेक्सिकोका अलभारेजले आत्माघाती १ गोल गरेका थिए ।