संघको ईतिहासमा सर्वाधिक १ सय ८८ जनाद्धारा रक्तदान



यमलाल भुसाल, बुटवल ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, रुपन्देहीले आफ्नो २० औं स्थापना दिवशको अवसरमा सामाजिक काम अन्र्तगत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संघले स्थापना दिवसको अवसरमा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विभिन्न सामाजिक कार्यक्रम गरी मनाउने पुर्व निर्णय अनुसार बुधवार रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।

अध्यक्ष जिसीद्धारा जुस खुवाएर रक्तदानको शुभारम्भ गरिएको हो । संघ स्थापना भएको २० औ वर्षको अवधीमा यस वर्ष गरिएको रक्तदान सर्वाधिक भएको छ ।

संघको कार्यालय रहेको बुटवल तीनकुनेमा आयोजित रक्तदान कार्यक्रममा करीव ४ सय जना सहभागिता रहेकोमा १ सय ८८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक डिल्लीराज अर्यालले बताउनु भयो ।

त्यस्तै शुक्रबार संघमै इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भै आउनु भएका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्ललाई स्वागत तथा व्यवसायी भेला र अन्तरक्रिया कार्यक्रम गरिने भएको महा सचिव माधव कुमार खनालले बताउनु भयो ।

उक्त कार्यक्रममा प्रदेश ५ का आन्त्तरिक मामिला तथा कानुन मन्त्री कुल बहादुर केसी प्रमुख अतिथीका रुपमा रहनु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्