अमेरिकाले मुश्लिमहरुलाई प्रवेश रोक्यो

0
Shares

वासिङ्टन । मुस्लिम वाहुल्य विभिन्न ८ राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाइने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार मुश्लिमलाई अमेरिकामा रोक लगाइएको हो । सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकलाई प्रवेश रोक्ने निर्णय गरेको हो ।

राष्ट्रपति ट्रम्पले त्यसलाई निर्वाचनमा एजेण्डाका रुपमा प्रस्तुत गर्नु भएको थियो । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । प्रतिबन्धलाई यसअघि विभिन्न तहका अदालतले बदर गरिदिएका थिए । त्यसपछि ह्वाइट हाउसले नै त्यो मुद्धा हेरेको हो । ।

विश्वका केही देश, मानवअधिकारवादी र अमेरिकी अधिकारवादीहरुले यसरी कुनै निश्चित देशका नागरिकलाई अमेरिका छिर्न नपाउने भनी गरेको निर्णयको विरोध गरेका थिए । तर मङ्गलबार अमेरिकी सर्वोच्च अदालतले भने ट्रम्पको निर्णय सदर गरिदिएको छ । यो मुद्धाको फैसला न्यायाधीशको बहुमत सङ्ख्याको आधारमा गरिएको बताइएको छ ।

मुद्धा फैसलामा ४ जना न्यायाधीशले सदर गर्न नहुने अडान लिएका थिए भने ५ जनाले भने मुस्लिम बाहुल्य भएका र अरु २ गरी ८ देशका नागरिकलाई अमेरिका छिर्न प्रतिबन्ध लगाउनुपर्ने पक्षमा मत राखेका थिए ।

कतिपयले उहाँको कार्यकाललाई विवादास्पद भनिरहेका छन् । तर यो फैसला भने ट्रम्पको पक्षमा आएको छ । अमेरिकी सञ्चारमाध्यमहरुले यो पछिल्लो फैसलालाई उहाँको अहिलेसम्मकै ठूलो जितका रुपमा लिएका छन् ।

-एएफपी