गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे काम आधा सकियो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको निर्माण कार्य ५० प्रतिशत पूरा भएको छ । ३ हजार मिटर लामो र ६० मिटर चौडाई भएको विमानस्थलको पहिलो चरणको रनवे बनाउने (वेसकोर्स) काम पूरा भएको छ ।

असोजबाट रनवे पिच गर्ने काम शुरु हुनेछ, यसका लागि भारतबाट विटुमिन पनि विमानस्थलमा ल्याउन थालिएको छ । कही दिनमै दोस्रो चरणको वेसकोर्स रनवे निर्माण पूरा हुने र तेस्रो चरणको कालोपत्रे गर्ने काम शुरू हुने जनाइएको छ ।

करिब ६ अर्ब २२ करोड रुपियाँको आयोजनामा विमानस्थलको आयोजना विस्तारको लागि भनेर २३ अर्ब रुपिया“बराबरको ५ सय बिघा जमिन थप गरिएको छ । २२ सय घरधुरीको मध्ये ८ सयलाई ६ अर्ब रुपिया“ मुआब्जा दिने काम पूरा भएको आयोजनाले जनाएको छ ।

बाँकी मुआब्जाका लागि २ अर्ब रुपियाँ थप निकासा भइसकेको र मुआब्जा प्राप्त गर्ने अन्य प्रक्रियाका काम पनि आयोजानले सरोकारवाला निकायस“ग छलफल गरी वितरण बताइएको छ । विमान ग्राउन्डेड गर्ने मार्गमा पर्न करिब २ सय घर परिवारलाई कचरिहवा गाउ“मा स्थान्तरण गर्न ठूलो चुनौती रहेको र भइरहेको छ ।

चिनियाँ कम्पनीले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ को जुन महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा आउने विमानस्थल आयोजना प्रमुख ओम शर्माले जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवको आयोजना मध्येको गौतम बुद्ध विमानस्थल ७ सय ८७ बिघा क्षेत्रफलमा निर्माणधीन अवस्थामा रहेको छ । ‘हामीले सन् २०१९ को जुन महिनाभित्र निर्माण सम्पन्न गर्नको लागि परेका छौं, ५० प्रतिशत काम सम्पन्न भएको छ बा“की काम भने ३० प्रतिशत इलोक्ट्रोनिक अन्तरर्गत र अरु अन्य साइडको काम रहेकाले समयमानै आयोजान निर्माण सम्पन्न हुन्छ,’ शर्माको दाबी छ ।

टर्मिनल भवनको लागि चीनको जामिल कम्पनीले काम थालिसकेको छ । जसले २८ हप्तामा छानाको काम सक्ने अनुमान गरिएको छ । विमानस्थलमा रनवेमार्ग, टर्मिनल भवन, रेस्क्यु एन्ड फायर फाइटिङ, कन्ट्रोल टावरको निर्माण तीव्र रहेको छ भने कर्मचारिको लागि निर्माण गरिएको भवन ३ महिनाभित्र सम्पन्न हुँदैछ ।

ओभरहेड ट्यांकी निर्माणधीन रहेको छ । ५ ठूला विमान पार्किङ गर्नको लागि २ महिनामा निर्माण हुने अनुमान गरिएको छ । हाल विमानस्थलको १५ सयको रनवेलाई ट्रयाक्सी वेमा परिणत गरी १९ मिटर थप गरिने पनि प्रमूख शर्माले बताउनुभयो ।

सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी विमानस्थलको सन् २०१४ काम सुरु भएको थियो । नाकाबन्दी, भूकम्पजस्ता मधेस आन्दोलनको कारण देखाएर विमानस्थलले निर्माणको गति लिन सकेको थिएन ।