वीरगन्जका सुन ब्यापारी पक्राउ

0
Shares

काठमाडौ (नेस) । ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको छानवीन गरिरहेको बिषेश अनुसन्धान समितिले वीरगन्जका एक ब्यापारीलाई पक्राउ गरेको छ ।

छानवीन समितिले ब्यवसायी राजु दारुकालाई उक्त काण्डमा संलग्न रहेको आशंकामा राजधानीको अन्नपुर्ण होटलबाट पक्राउ गरेको हो । दारुकाले हुण्डीको समेत कारोवार गर्ने गरेको र अबैध रुपमा सुनबाट आर्जन गरेको रकम हुण्डी मार्फत भारत पठाउने गरेको रहस्य समेत छानवीन समितिले पत्ता लगाएको छ ।

छोराको बिवाहमा सरिक रहेकै अवस्थामा छानवीन समितिको आग्रहमा प्रहरीले पक्राउ गरेको छ ।

स्रोतका अनुसार उनको वीरगञ्जको लोहरपट्टी रोडमा साई ज्वेलर्स र कृष्ण बुलियन नामक ज्वेलरी पसल संचालन गर्दै आएका छन ।