नौ वर्षदेखि फरार पक्राउ

0
Shares

लमजुङ, (नेस)
लमजुङमा प्रहरीले विगत नौ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी जेल पठाएको छ । मस्र्याङ्दी गाउँपालिका– ४ स्थित जगत गाउँका स्थायी बासिन्दा रहेका २८ वर्षीय बुद्धीबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरी जेल पठाएको हो ।

२०६६ सालमा डाका चोरीको घटनामा संलग्न भएदेखि नै उनी फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी ९ वर्षदेखि फरार अभियुक्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक यादव ढकालले बताउनु भयो । उहाँका अनुसार उनीसमेत ९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मनाङले दायर गरेको डाँका चोरीको मुद्दामा उनी मनाङ जिल्ला अदालतबाट दोषी किटान भएका व्यक्ति हुन् ।