करेन्ट लागेर मृत्यु

0
Shares

डोटी, (नेस)
डोटीको दिपायलमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय दिपायलका निमित्त प्रमुख प्रहरी सहायक निरिक्षक डबलबहादुर कठायतले दिनु भएको जानकारी अनुसार करेन्ट लागेर ज्यान जानेमा डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउपालिका ५ तलारा बस्ने बर्ष १९ का प्रदिब सिंह रहेका छन् ।

दिपायलको समता स्कुलमा बिद्यार्थीलाई टिउसन कक्षा पढाउदै आएका सिंह दिउसोको समयमा राजपुर स्थित आफनै कोठामा तार भाच्चिएको पंखा बनाउने क्रममा करेन्ट लागेर ज्यान गएको दिपालय प्रहरीले जनाएको छ । मृतको लास पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सिलगढी लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैबीच डोटीकै दिपायल स्थित राजपुरमा एकजना महिला झुण्डिएको अवस्थामा फेला परेकी छन् । ईलाका प्रहरी कार्यालय दिपायलका निमित्त प्रमुख प्रहरी सहायक निरिक्षक डबलबहादुर कठायतले दिनु भएको जानकारी अनुसार डोटीको बड्डीकेदार गाउपालिका ४ बस्ने बर्ष ३० की जमुनादेबी बिठाडी आफनै होटेल राजपुरको कोठामा झुण्डीएको अवस्थामा फेलापरेकी छन् । घरायसी बिबादका कारण उहाँ झुण्डिएको हुन सक्ने दिपायल प्रहरीको अनुमान छ ।