३ सवारी एकापसमा ठोक्किँदा तनहुँमा ४ को मृत्यु

0
Shares

दमौली (नेस)
तनहुँको आबुखैरेनी–१ बरादीमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । तीन सवारी साधन आपसमा ठोक्किएर दुर्घटनामा ग्रस्ट भएको प्रहरीले जनाएको हा । प्रहरीका अनुसार दुर्घटनामा परि घाइते भएका ७ मध्ये ४ जनाको उपचारका क्रममा मृत्यु भएको हा् ।

मृत्यु हुनेहरुमा आबुखैरेनी–४ बस्ने २६ वर्षीय दिलबहादुर थापा, पर्वत कुश्मा–९ की ३ वर्षीया बालिका ममता लामिछाने, ३५ वर्षीया कमल लामिछाने र आबुखैरेनी गाउँपालिकाका अन्दाजी ३५ वर्षीय नुनबहादुर खवास रहेको प्रहरीले दाबी गरेको छ।

आबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ ख ३०७३ नम्बरको बस विपरीत दिशाबाट जाँदै गरेको बा १७ च १८१४ नम्बर भ्यान र मुग्लिनबाट डुम्रे आउँदै गरेको ग ५ प १९४४ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।