सीताराम चौधरी, कपिलवस्तु ।
मोटरसाइकल दुर्घटनामा परी कपिलवस्तुमा एक युवाको ज्यान गएको छ । भने दुर्घटनामा परी दुई युवा घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे ८ प ११५१ नम्बरको मोटरसाइकल जिल्लाको शिवराज नगरपालिका ५, खैरीमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
तीब्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालीमा ठोक्किन गई दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक उपाध्यायले जानकारी दिनुभयो ।
दुर्घटनामा परी दाङको राप्ती गाउँपालिका १, बस्ने वर्ष ४० का अनिल बस्नेतको मृत्यु भएको छ । मृतक मोटरसाइकल चालक हुन् । मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने वर्ष ३० का सन्तोष पुन र १८ वर्षीय विशाल पुन घाइते भएका छन् । घाइते दुवै जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरी निरीक्षक उपाध्यायले बताउनुभयो ।











प्रतिक्रिया