३८ क्वीन्टल सुन तस्करी प्रकरणः छोराको बिबाह स्थलबाट व्यवसायी पक्राउ

0
Shares

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा  वीरगञ्जका व्यवसायी राजु द्धावर पक्राउ परेका छन । सुन तस्करीको छानबिन गरिरहेको विशेष अनुसन्धान समितिले वीरगञ्जका व्यवसायी  द्धावरलार्इ अाज पक्राउ गरेको हो ।

काठमाडौंको होटल अन्नपूर्णमा छोराको विवाह स्थलबाटै द्धावर पक्राउ परेका हुन । यसअघि पक्राउ परेका हुन्डी कारोबारीहरुले उनको नाम लिएपछि द्धावर पक्राउ परेको छानविन समितिले जनाएको छ ।  उनले तस्करीको सुन भारतमा लगेर विक्री गर्ने गरेको  अाशंकामा छानविन भैरहेको छ ।