कमलको ‘अहिलेको ठिटीहरु’ (भिडियो)

0
Shares

काठमाडौं । गायक कमल थापा मगरको स्वर, शब्द तथा संगीत रहेको लोकपप गीत सार्वजनिक भएको छ । ‘अहिलेको ठिटीहरु’ बोलको गीतलाई भिडियोसहित सार्वजनिक गरिएको हो । जसमा सुन्दर लामाको एरेन्जमेन्ट रहेको छ ।
स्वरलिपी रेकडिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतको भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन् । चर्चित मोडल करिष्मा ढकाल र गायक स्वयं कमल थापा मगरको अभिनय रहेको भिडियोमा सुरेश श्रेष्ठको छायांकन र दिपक विष्टको सम्पादन रहेको छ ।