काठमाडौं । नेपाल सरकारले आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा ठूला बाढी आउने तथा नदिहरुको बहाव बढ्ने हुँदा जोगिएर यात्रा गर्न सर्वसधारणलाई सूचित गरेको छ ।
मंगलबार विहान जल तथा मौषम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा आगामी तीनदिनसम्म बाढी आउन सक्ने भएकोले सचेत हुन भनिएको छ ।
त्यस्तै भोलिसम्ममा पूर्वी नेपालको सुनसरीलगायतका क्षेत्रमा भिषण वर्षा हुने चेतावनी दिएको छ भने कोशी, बागमति, राप्ती, गण्डकी, बबई, महाकाली नदिमा पानीको बहाव बढ्न जाने हुँदा तटीय क्षेत्रका जनतालाई सचेत हुन भनिएको छ ।











प्रतिक्रिया