तालिवानका प्रमुख कमाण्डर मारिए


मैमाना । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिवाननका प्रमुख कमाण्डर नै मारिएका छन् । तालिवानले गरेको आक्रमणको जवाफी कारहीका क्रममा प्रमुख कमाण्डर मारिएका हुन् ।

कारवाहीमा अन्य १२ जना आतङ्ककारी मारिएको सैनिक प्रवक्ता मोहमद हानीफ रेजाईले जानकारी दिनुभएको छ । फर्याब प्रान्तको घोर्माच जिल्लामा सयौंको सङ्ख्यामा आएका तालिवान आतङ्ककारीको आक्रमणपछि सुरक्षा अधिकारीहरूले गरेको जवाफी कारवाहीमा तालिवानका प्रमुख कमाण्डर मुल्लाह वारिससहित १२ जना मारिएका हुन् ।

तालिवानआतङ्ककारी र सुरक्षा अधिकारीहरूबीच भएको झडपमा अन्य १९ भन्दा आतङ्ककारी घाइते भएका छन् । सिन्ह्वा