चीन भ्रमणबारे संसदलाई जानकारी दिँदै ओली

0
Shares

गंगा बराल, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधि सभाको बैठकमा चीन भ्रमणबारे जानकारी दिइरहनुभएको छ ।
१ सय १९ सदस्यीय टोलीको नेतृत्व गर्दै ओली असार ५ गते चीन जानुभएको थियो, उहाँ आइतबार स्वदेश फर्कनुभएको थियो । उहाँले भ्रमणमा जानु अघिल्लो दिन पनि संसद्लाई जानकारी दिनुभएको थियो ।

संसदमा बोल्दै ओलीले भ्रमणका विषयमा केही टिकाटिप्पणी भएकाले पनि संसदलाई जानकारी दिन आवश्यक भएको भन्दै ओलीले विगतमा भएका सन्धी सम्झौता पालनाका लागि पहल गरेको र सम्वन्ध थप सुधार गरेको बताउनुभयो । आर्थिक सम्वृद्धिको लागि सहयोग र सद्भाव बढाउनका लागि सहकार्य गर्ने विषयमा पनि सहकार्यको कुरा अघि बढेको ओलीले जनाउनुभयो ।