चरा जस्तो ड्रोन



बेइजिङ (एजेन्सी)
चीनले जनतामाथि निगरानी राख्न जासुसी संयन्त्र नक्कली चरा विकास गरिरहेको छ । प्रहरीको क्षमतालाई अत्याधुनिक बनाउन तथा जनतामाथि सरकारको निगरानी बढाउन यो पछिल्लो संयन्त्र हो ।

यो चरा जस्तो देखिने सानो ड्रोनलाई सजिलै थम्याउन गाह«ो हुन्छ । चीनले यसका लागि ‘डोव‘ नामक प्रोग्राममा आफनै संस्करण विकाश गरेकोछ ।

३० भन्दा बढी सेना र सरकारी एजेन्सीहरुले हालैका बर्षमा कम्तीमा ५ वटा प्रान्तमा जरा आकारको यो ड्रोन सन्चालनमा ल्याइसकेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
कम्तिमा चराको आकारको यो ड्रोन अन्य ड्रोनभन्दा फरक छ । यो विशेष मेसिनले एउटा सानो चरा उड्ने तरिकाको नक्कल गरी उडान भर्ने गर्छ । यसको पखेटा ५० सेन्टिमिटर लामो र यो ४० किलोमिटर बेगले उड्न सक्छ ।

ड्रोनमा हाइ–डेफिनेसनको क्यामरा, जीपीएस एन्टेना, उडान नियन्त्रन प्रणाली र स्याटलाई सन्चारसँग डाटा सम्पर्क गर्न सक्ने प्रणाली जडान गरिएको छ । यो कडा हावा, बर्षा वा हिमपात र खतरनाक इलेक्ट्रोम्याग्नेटिक असरबाट नोक्सान पुग्न सक्ने प्रारम्भिक चरणमै रहेको छ । यद्यपी यस कार्यक्रममा धेरैको संलग्नता रहेकोले यसको प्रयोग पनि ब्यापक हुनसक्ने अनुमान गरिएको छ ।

उक्त परियोजनामा संलग्न एरोनटिक्स सह प्राध्यापक याङ वेक्विङले अहिलेलाई यो कार्यक्रम प्रारम्भिक चरणमा रहेको द पोस्टलाई बताए । उक्त प्रविधिले भविष्यमा ठुलो फड्को मार्ने सम्भावना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्