आप्रवासी नितिमा ट्रम्प पुन कठोर


वासिङटन (एजेन्सी)
अमेरिकाका राष्टपति डोनाल्ड ट्रम्पले अमेरिकामा घुषपैठ गर्ने आप्रवासीले न्यायिक प्रक्रियाको अधिकार नपाउने बताएका छन् । आप्रवासीलाई उनीहरुका बच्चासँग अलग गर्ने फैसलाबाट पछि हटेपछि र ५ सय भन्दा धेरै बच्चाले उनका आमाबुबालाई भेटेपछि ट्रम्प यस बयानसँगै पुन कठोर आप्रवासी नितिमा फर्केका छन् ।

मध्य अमेरिकी तथा मक्सिकोबाट अमेरिकाको दक्षिणी सीमाको मार्ग हुँदै आउने हजारौं आप्रवासीलाई रोक्न ट्रम्पले मेको सुरुवाटमा आदेश दिएका थिए ।े सीमा पार गर्ने सबै वयस्कलाई गिरफतार गर्न र र उनका बच्चालाई उनीहरुबाट अलग गर्ने उनल आदेश जारी गरेका थिए । बच्चाहरु जालीको बार बाहिर राखेको तस्वीर सार्वजनिक भएपछि अन्तराष्ट्रिय तथा देश भित्रै ब्यापक आलोचना भएको थियो । त्यसपछि ट्रम्पले बच्चालाई उनीहरुका आमाबुबाबाट अलग गर्ने आदेश फिर्ता लिएका थिए । तर आप्रवासी विरुद्ध उनको कठोर निति कायम छ ।

नोभेम्बरमा हुने मध्यावधि संसदिय चुनाव अगाडी आएको ट्रम्पको आप्रवासी मुद्दा अत्यन्त महत्वपुर्ण विषय मानिएको छ । यस विषयमा ट्रम्पले आइतबार ट्विट गरेका थिए ‘हामी यिनीहरुलाई आफनो देशमा घुसपैठ गर्न अनुमति दिन सक्दैनौं ‘।

जब कोही आउँछ भने तत्काल हामीले बिना न्यायधिष वा अदालती मुद्दा उनीहरुलाई जहाँबाट आएका हुन्, त्यहीँ पठाइदिनु पर्छ– उनले लेखेका छन् । उनीहरुलाई अमेरिकी संविधानमा उल्यख्य कानुनी प्रक्रियाको पालना गर्ने अधिकार दिन नहुने उनले बताएका छन् ।

आउने सबै परिवारले शरण दिनका लागि अनुरोध गरेका छन् । यसले अमेरिकी प्रणलीको राम्रो आप्रवासी निति तथा कानुन ब्यवस्थालाई ठट्टाको विषय बनाएको ट्रम्पले बताए । ट्रम्पले प्राय आप्रवासीलाई देशमा हुने गरेका अपराधसँग जोड्ने प्रयास गरेका छन् ।