टर्कीमा एर्दोगानलाई चुनावी सफलता


इस्तानवुल,(एजेन्सी)
लामो समयदेखि टर्कीको नेतृत्वमा रहँदै आएका नेता रिसेप तायिप एर्दोगानले आइतवार पहिलो चरणकै राष्ट्रपतिय चुनावमा थप पाँच वर्ष लामो कार्यकालका लागि विजय हासिल गरेका छन् ।

झण्डै सम्पुर्ण मत गणना सकिँदा सम्ममा उनले कूल मतको ५३ प्रतिशत मत हासिल गरेको नर्वाचन आयोगले आधिकारिक घोषणा गरेको छ । उनका निकततम प्रतिद्वन्द्वी मुहार्रेम इन्सले ३१ प्रतिशत मत ल्याएका छन् ।

गत वर्ष विवादास्पद जनमत संग्रह जितेका उनले अब नयाँ राजनीतिक शक्तिको भरपुर उपभोग गर्ने भएका छन् । अब प्रधानमन्त्री पद हटाइने भएको छ । इन्सले मत परिणामलाई स्विकार गरेपनि मतदान निष्पक्ष नभएको आरोप लगाएका छन् । यसको अन्तिम परिणाम औपचारिक रुपमा शुक्रवार घोषण गरिने भएको छ ।

 

वर्षैंपछि पहिला पटक टर्कीमा निकै प्रतिस्पर्धात्मक नर्विाचन सम्पन्न भएको हो । अर्थतन्त्रलाई बलिा बनाउने प्रयासमा रहेका एर्दोगानले स्वास्थ स्याहार , शिक्षा र पुर्वाधारमा लगानी गरी यसका लागि ठोस आधार तयार पारेका छन् ।

आफु विरुद्धको सैनिक विद«ोह दवाउन सफल एर्दोगानले विपक्षीहरुलाई दमन गर्ने क्रममा करिव १ लाख ६० हजार मानिसलाई जेलमा कोचेका छन् ।

राजधानी अँकारा स्थित आफ्नो पार्टीको प्रधान कार्यालयको वार्दलीबाट भाषण दिँदै एर्दोगानले बताएकाछन् , ‘ यो विजय ८ करोड १० लाख मेरा जनता मध्ये प्रत्येकको हो ।

’ इरानी राष्ट्रपति हस्सन रुहानी लगायत इस्लामिक नेताहरुले एर्दोगानलाई बधाइ तथा शुभकामना व्यक्त गरिसकेका छन् । त्यसैगरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस विजयलाई एर्दोगानको ‘ बृहत राजनीतिक अधिकार र आम समर्थन ’ को संज्ञा दिएका छन् ।