जातिय भिडन्तमा छयासीजनाको मृत्यु



अबुजा,(एजेन्सी)
मध्य नाइजेरियामा कृषकहरु र चौपाया चराउने गोठालोहरुबिच भएके हिंसात्मक भिडन्तमा कम्तिमा छयासी जनाको ज्यान गएको प्लाट्यु राज्यका प्रहरीले जनाएके छ । केहि स्थानिय संचार माध्यमले विहिवार आदिवासी बेरोम कृषक र फुलामी गोठालेबिच हिंस शुरुहुँदा पाँच जनाको ज्यान गएको बताएका छन् ।

शनिवार बदला लिने उद्देशय पुन शुरु भएको भिडन्तमा थप व्यक्तिको मृत्यु भएको हो । सो क्षेत्रमा दशकौं देखि भुमि विवादलाई लिएर जातिय समुहहरुबिच हिंसात्मक भिडनत् हुँदै आएका छन् ।

यसअघि पनि मालीमा फुलानी गोठाले र स्थानिय शिकारीबिच भएके भिडन्तमा दर्जनौं व्यक्ति मारिएका थिए । अहिले प्लाट्यु राज्यका तीनवटा भागमा कर्फयु जारी गरिएको छ ।

राज्यका प्रहरी आयुक्त उन्दी एडीले भिडन्तपछि विभिन्न गाउँहरुमा गरिएको अनुसन्धानबाट ८६ जना मारिएको र अन्य ६ जना घाइते भएको पत्ता लागेको बताएका छन् ।

उनले ५० वटा घर , १५ वटा मोटरसाइकल र २ वटा अन्य सवारी साधन जलाइएको जानकारी दिएका छन् । नाइजेरिया इस्लामिक लडाकु समुह बोको हरामबाट पनि निकै पिडित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्