ह्वाइट हाउस प्रेस सचिव रेस्टुरेन्टबाट बाहिर निकालिए



वासिङटन (एजेन्स)
ह्वाइट हाउसका प्रेस सचिव सारा सेन्डर्सलाई ट्रम्पका लागि काम गर्ने बताउँदै भर्जिनिया स्थित एक रेस्टुरेन्टका मालिकले सेवा दिन अस्विकार गरेको र बाहिर निस्कन भनेको जनाइएको छ ।

शुक्रबार एक फेसबुक प्रयोगकर्ताले आफुलाई भर्जिनियाको द रेनहेन रेस्टुरेन्टका वेटर बताउँदै उनले सेन्डर्सलाई मात्र दुई मिनेटको सेवा दिएको र त्यसपछि सेन्डर्स र उसँग आएकाहरुलाई बाहिर जान भनेको उल्लेख गरेको छ ।

सेन्डर्सले शनिबार ट्विट गर्दै उक्त घटनाको पुष्टि गर्दै भनिन्– हिजो राती लेक्सिन्टन स्थित रेडहेन रेस्टुरेन्टले ट्रम्प प्रशासनमा काम गर्ने भएकीले मलाई बाहिर निकाल्यो । म शालिनतापुर्वक म त्यहाँबाट निस्किएँ ।

उक्त रेस्टुरेन्टका मालिक स्टेफनी विल्किंनसनले भने – साराको काम मेरो ब्यवहारले पचाउन नसक्ने खालको छ । म सँधै मान्छेहरुलाई राम्रो ब्यवहार गर्छु , यहाँसम्मकी जोसँग म सहमत छुइन, उनीहरुसँग पनि राम्रो ब्यवहार गर्छु र आदरताका साथ यसतो गरिरहनेछु ।

राष्टपतिका क्रुर नितिहरुको पक्षमा बचाउ गर्ने गर्नेहरुलाई स्विकार गर्न नसक्ने स्टेफनीले वासिङटन पोस्टलाई बताए । आफना धेरै जसो कर्मचारी समलिंगी भएको र सारा सेन्डर्सले ससस्त्र बलमा ट्रान्सजेन्डरलाई अलग राख्ने ट्रम्पको नितिको बचाउ गरेको उनले बताए ।
आप्रवासी अभिभावकलाई उनका बच्चासँग अलग गर्ने ट्रम्पका नितिको प्रवक्ताद्वारा बचाउ गरेका थिए । ट्रम्पका ती नितिको आलोचनालाई प्रवक्ता प्रतिवादले आफु हतप्रभ भएको स्टफनीले बताए ।

रेस्टुरेन्टको केहि मानक छन्, जस्तो इमान्दारी, दया र सहयोग, जसको पालना गर्नु पर्ने उनले बताए । यसअघि आन्तरिक सुरक्षा मन्त्री क्रिस्टजेन निलसनले पनि रेस्टुरेन्टमा प्रदर्शनकारीहरुको सामना गर्नु परेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्