सुरेश तामाङ, काठमाडौं ।
काठमाडौँबासीले यही असारदेखि नै वाग्मतीको पानी उपभोग गर्न पाउने भएका छन् । मेलम्ची खानेपानी आयोजना–२ ले उपत्यकामा विस्तार गरिरहेको खानेपानी पाईपलाईनबाटै उपत्यकाबासीलाई खानेपानी खुवाउन लागिएको हो ।
तर यो मेलम्चीको नभई बाग्मतीको पानी हो । सोमबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खानेपानीमन्त्री विना मगले उपत्यकाबासीलाई बाग्मतीको पानी उपलब्ध गराउन लागिएको बताउनुभयो ।
‘सुन्दरीजलमा प्लान्ट स्थापना गरी बाग्मतीको पानी घरघरमा पु¥याउने कार्यलाई अन्तिमचरणमा पु¥याएका छौँ’ उहाँले भन्नुभयो–’मेलम्ची खानेपानी आयोजनाले बाग्मतीको मुहानको पानी सुन्दरीजलमा बनिरहेको ट्रिटमेण्ट प्लान्टमार्फत उपत्यकामा विस्तार भैरहेको पाइपमार्फत पु¥याउँछौँ ।
मन्त्री मगरले उपत्यकाबासीलाई दैनिक ४ हजार करोड लिटर खानेपानी उपलब्ध गराउन सकिने बताउनुभयो । यसका लागि यही असार १५ देखि खानेपानीका विस्तारित पाइपलाइन सफा गरी तत्काल पानी बाँडिने उहाँको भनाइ थियो ।
यद्यपि मन्त्री मगरले मेलम्चीको पानी भनेकै समयमा आउनेमा दावी गर्दै थप्नुभयो– असार ८ गते मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, एशियाली विकास बैंक परामर्शदाता इप्टिसा कम्पनी र निर्माण कम्पनी बिच भएको उच्चस्तरीय छलफलपछि दशैं अगाबै मेलम्चीक ल्याउने सहमती भएको छ ।
सहमतिअनुसार निर्माण कम्पनीले दशैँ अगाडि नै पानी ल्याउन आगामी असोज १४ भित्र मेलम्चीको पानी सुन्दरीजलमा पठाउने छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सुर्यराज कँडेलले असोजको दोस्रो साता सुन्दरीजल र कात्र्तिक १ गते सबैको घरघरमा मेलम्चीको पानी खस्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो–‘सुरुङ बे्रक थ्रु भैसकेपछिको अबस्था कस्तो छ भन्ने आम चासो बनेको छ । त्यसकारण यसलाई प्रष्ट पार्दै भन्न चहान्छु । मेलम्चीको पानी निर्धारित समयभित्रै आउँछ ।’
अहिले सुरुङको फिनिसिङको काम भैरहेको बताउँदै कँडेलले थप्नुभयो– ‘अहिले हाम्रो प्राथमिकता भने कसरी सुरुङ फिनिसिङको काम सम्पन्न गर्ने भन्ने मै छ’ अहिले टनेलको फाइनल सपोर्टिङ, इन्भर्ट लाईनिङको काम भैरहेको छ ।’
६ दशमलब ३ किलोमिटर सुरुङको भागमा फाइनल फिनिसिङको काम सम्पन्न भैसकेको छ भने १९ दशमलब ७ किमिमा फाइनल फिनिसिङको काम गर्न बाँकी छ । अहिले मुख्य ड्याम निर्माणको काम भैरहेको छ । तर ड्याम निर्माणमा ढिलाई भएको स्विकार्दै उहाँले भन्नुभयो –ड्याम निर्माण कार्य ५ प्रतिशत सम्पन्न भएको छ भने सुरुङका विभिन्न खण्डमा भेन्टिलेसन साफ्ट राख्न बाँकी छ ।’











प्रतिक्रिया