‘स्थानीय तहले योजनाको बैंक बनाउन सक्नुपर्छ’



नेपाल समाचारपत्र, लमजुङ
प्रदेश नं ४ का भौतिक तथा पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले स्थानीय तहलाई योजनाको बैँक बनाउन निर्देशन दिनु भएको छ । उहाँले रागिनास नगरपालिकाको तेस्रो नगरसभाको उदघाटन गर्दै त्यस्तो निर्देशन दिनु भएको हो ।

उहाँले स्थानीय तहले आफ्नो पालिकाको विकासका लागि पूर्वाधारका योजनाहरूको बैँक बनाउन सक्नु पर्छ भन्नु भयो । टुक्रे योजनाका पैसा छुट्याउन नहुने बताउँदै उहाँले भन्नुभयो, पाँच वर्षमा देखिने काम गर्नका लागि योजनाको संख्यामा कटौति गर्नु पर्छ २– ३– ५ वर्षमा सम्पन्न हुने योजना छनौट गर्न र त्यस्ता योजनाको डिपिआर तयार गरी बैँक बनाएर राख्नु पर्छ । उहाँले भन्नुभयो, तपाईसँग खानेपानी, सडक, विद्युत, स्वास्थ्य लगायतका प्राथमिकीकरण गरिएका योजना भएको खण्डमा विकासका काम गर्नका लागि पूरक बजेट निकासाको सम्भावना हुनुका साथै विदेशी दातृ निकायले पनि सहयोग गर्न सक्ने प्रसस्त सम्भावन रहेको औल्याउनु भयो ।

तपाईको नगरपालिकामा जम्मा दश वटा वडा हुने कुल योजना २९८ हुने र तीमध्ये ९० वटा योजना सडकका रहेको हुनु विडम्बना हो मन्त्री बस्नेतले भन्नु भयो । उहाँले भन्नुभयो यस्तो कामले दिगो विकास हुँदैन भन्नुभयो । अबको पाँच वर्षमा पनि केही गर्न सकिएन भने संघीयतामानै प्रश्न उठ्न सक्छ, त्यस्तो स्थिति आउन दिनु हुँदै उहाँले भन्नुभयो । कुनै पनि पालिकाको आफ्नो क्षेत्रमा विद्युतीकरण र केन्द्रसम्मका लागि सडक पु¥याउने योजना बनाउने आवश्यक छैन त्यो कामको जिम्मा प्रदेश सरकारले लिएको हुँदा उसैलाई छोडीदिनु होस् भन्नुभयो ।

मुख्यमन्त्री वातावरण मैत्री कृषि कार्यक्रम अन्तरगत चार सय गाउँमा ती योजना वितरण गर्ने प्रदेश सरकारको कार्यक्रम रहेको जानकारी दिदै ८५ पालिकामा १÷१ भयो त्यसबाहेक २÷३ वटा गाउँ कसरी बनाउने भन्नेमा तपाईहरू लाग्नु प¥यो भन्ने निर्देशन मन्त्री बस्नेतले दिनु भयो ।
सो कार्यक्रममा प्रदेश सभाका सदस्य मधु अधिकारीले योजनावद्ध विकासले नै समृद्धिको पाइला सफल हुने बताउँदै समाजवाद उन्मुख नीति र कार्यक्रम ल्याएको भन्दै नगरपालिकाको तारिफ गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेकपाका नेताद्वय पूर्णबहादुर गुरुङ र मेषबहादुर भण्डारी, नेकाका जिल्ला उपाध्यक्ष प्रेमराज चिलुवाल र गणेश चिलुवाल, सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलिया सहितले शुभकामना व्यक्त गर्नु भएको थियो ।

उक्त नगरपालिकाका मेयर सिंहबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले आव २०७५÷७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुँदै जग्गा बाँझो राख्न नपाउने काननु बनाउने, अर्गानिक कृषिकेन्द्रंको स्थापना, फोहोरलाई मोहोरमा परिणत गरी बायोग्याँस निकाल्ने, विद्यालयहरूमा ईहाजिरी, वडाहरूमा इसामुदायिक पुस्तकालय, दुई नमूना विद्यालय, एक स्नातह तहको क्याम्पस सञ्चालन गर्ने बताउनु भयो ।

उहाँका अनुसार प्रत्येक घरमा एक टलेन र २÷२ वटा मौरीका घार भएको करेसाबारी निर्माण, नगरपालिकालाई माछामा आत्म निर्भर बनाउने, नगपालिका क्षेत्रमा चक्रपथको निर्माण, नगरपालिकालाई चारैतर्फ ८ वटा मोटरेवल पुलले जोड्ने, विभिन्न पदमार्ग निर्माण देखि एफएम सञ्चालन सम्म गर्ने नीति तथा कार्र्यक्रममा उल्लेख गर्नु भएको छ ।

‘हाम्रो रागिनास नगर, कृषि, पर्यटन, शिक्षा र वातावरण मैत्री शहर’ भन्ने नाराका साथ सञ्चालन गरिएको नगरसभामा नगरपालिकाका उपप्रमुख धनकुमारी गुरुङले स्वागत गर्नु भएको थियो । सामाजिक विकास समितिका संयोजक स्वतन्त्र हमालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन वडानं ५ का अध्यक्ष नन्दबहादुर कुमालले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्