ट्रिब्युट टु पिंक फ्लोइड कन्सर्ट


अन्तर्राष्ट्रिय संगीत दिवसका अवसरमा हालै राजधानीमा ट्रिब्युट टु पिंक फ्लोइड भव्य कन्सर्ट आयोजना गरिएको छ।

यो कन्सर्टलाई अर्ना प्रिमियम लागर बियर तथा डिजिटल पेमेन्ट गेटवे डिजिप्लेले प्रस्तुत गरेको थियो। गो ग्रिनको उद्देश्यलाई जोड दिँदै कार्यक्रममा कागजी टिकटको प्रयोग नगरी डिजिपे यापद्वारा डिजिटल पेमेन्ट गेटवेमार्फत खरिद गर्ने व्यवस्था मिलाइएको थियो। सोही कन्सर्टमार्फत उक्त याप सञ्चालनमा ल्याइएको हो।

डेजाभुमा आयोजना गरिएको उक्त संगीतिक कार्यक्रममा दर्शकको उल्लेख्यरूपमा सहभागिता रहेको थियो। कार्यक्रममा ४५ सयभन्दा बढी दर्शक, नेपालका स्थापित संगीतकर्मी एवं अतिथि सहभागी थिए।