म्याद नाघेका जुस बरामद

0
Shares

वीरगन्ज, (नेस)
रेल्वे रोडस्थित एक घरमाबाट बुधबार प्रहरीले ठूलो परिमाणमा रहेको म्याद नाघेको जुस बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा खटिएको टोलीले वीरगन्ज महानगरपालिका–५ रेल्वे रोडस्थित कौशल श्रीबास्तवको घरमा छापा मारी कोरियामा बनेको एप्पल, ओरेन्ज, मिक्स फ्रुटलगायतका विभिन्न ब्रान्डका म्याद सकिएको ५८ कार्टुनमा रहेको करिब १७ लाख ४० हजार मूल्य बराबरको जुसहरु बरामद गरेको हो ।

म्याद सकिएको जुसमा पुरानो लेवल हटाई नया“ लेवल राखी बजारमा पठाउने गरेको भन्ने विशेष सूचनाको आधारमा गएको टोलीले म्याद सकिएको जुसमा पुरानो लेवल हटाइ नया“ लेवल लगाउ“दै गरेको अवस्थामा २ जनालाई रंगेहात पक्राउ समेत गरेको छ ।

प्रहरीले वीरगज श्रीपुरका लक्ष्मी साह कानु र पर्सा सुखवा प्रसौनी गाउ“पालिका मधुवन मथवल निवासी होमबहादुर कार्कीलाई पक्राउ गरेको हो । पक्राउ परेका कार्की नातामा कौशल श्रीवास्तवका ससुरा रहेको र श्रीवास्तव आफन्तको विहेमा पोखरा गएको ह“ुदा आफू घरको रेखदेखको लागि खटिएको कार्कीले बताएका छन् ।

म्याद सकिएको जुस वीरगन्जबाट हेटौंडा, नारायणघाट, काठमाडौं लगायतका शहरमा पठाउनका लगाी अर्थ मन्त्रालय, राजस्व विभाग, आन्तरीक राजस्व कार्यालय पर्साको नक्कली बिल छाप स्टिकर समेत बनाई कारोबार हुने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।