सन्राइज बैंकको मिसकल बैंकिङ सेवा शुरू

0
Shares

काठमाडौं (नेस)
सन्राइज बैंकले मिसकल बैकिङ सेवा शुरू गरेको छ । यस सेवाअन्तर्गत आफूलाई आवश्यक परेको बैंकिङ सुविधा लिनको लागि बैंकले तोकेका निम्न नम्बरमा मिसकल गरी प्राप्त गर्न सकिनेछ ।

जसमा ९८५११४७२७३ नम्बरमा मिसकल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी, ९८५१११७२७२ नम्बरमा मिसकल गरी १०० बराबरको मोबाइलमा रिचार्ज (टपअप) गर्ने सुविधा, ९८५१११७२७५ नम्बरमा मिसकल गरी खाताको अन्तिम ४ वटा कारोवारको जानकारी र ९८५११८७२७४ नम्बरमा मिसकल गरी बैंकले प्रदान गर्ने विभिन्न सुविधाको बारेमा जानकारी लिन सकिन्छ ।

उल्लेखित सुविधा लिनको लागि बैंकका ग्राहकको मोबाइल नम्बर बैंकको मोबाइल बैंकिङ सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । ग्राहकहरुसँग स्मार्ट फोन नभएता पनि उक्त सेवा लिन सकिने छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ८८ वटा शाखा, २२ वटा शाखा रहित बैंकिङ सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा एटीएममार्फत आफ्ना ४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।