एभरेस्ट बैंकद्वारा डस्टबिन वितरण

0
Shares

काठमाडौं, (नेस)
एभरेस्ट बैंकले बुढानिलकण्ठ मन्दिर परिसरमा मन्दिरको सरसफाईको लागि डस्टबिन वितरण गरेको छ ।

मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक, एलबी प्रभाकरले मन्दिरको व्यवस्थापन समितिलाई डस्टबिन हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठलगायतको उपस्थिति थियो ।

बैंकको ग्राहकको संख्या साढे नौ लाख भन्दा बढी रहेको छ । बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटीएमबाट सेवाहरु प्रदान गर्दै आएको छ ।