काश्मिरका मुख्यमन्त्रीद्वारा राजिनामा



नयाँदिल्ली,(एजेन्सी)
भारतिय राज्य जम्मु तथा काश्मिरका मुख्यमन्त्री मेहबुबा मुफ्तीले मंगलवार राजिनामा दिएकीछिन् । सत्तारुढ हिन्दु राष्ट्रवादी भारतिय जनता पार्टी ( बिजेपि ) ले आफ्नो पार्टीसंगको गठबन्धन तोडेपछि उनले यो कदम चालेकी हुन् ।

बिजेपिले पिपुल्स डेमोक्रेटिक पार्टी ( पिडिपि ) संघको तीन वर्षलामा ेसहकार्यले त्यहाँ हाल बढ्दै गएको हिंसाको कारणले निरन्तरता पाउन नसक्ने जनाएको छ । पिडिपिको बिजेपिसंगको गठबन्धन गर्ने निर्णय शुरु देखि नै विवादास्पद रहँदै आएको थियो ।

अहिले काशिमर उपत्यका राजनीतिक हिंसा उच्च विन्दुमा पुगेको छ । गत साता श्रीनगरमा काशिमरका प्रभाबशाली पत्रकार सुजात बुखारीको अज्ञात बन्दुकधारीहरुबाट हत्या भएके थियो । आफ्नो कार्यलयबाट निस्केकोबेला गोली हानी भएको बुखारीको हत्या नै बिजेपिले गठबन्धन त्याग्नुको प्रमुख कारण रहेको बताइएको छ ।

केहि दिन अघि मात्र संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तान अधिनस्थ काश्मिरका दुवै भागमा मानव अधिकार उल्लंघन सम्बन्धमा स्वतन्त्र अनुसन्धान गरिनुपर्ने आवाज उठाएको थियो । सन् १९५१ मा जन्मे यता देखि नै बिजेपिले काश्मिरी मामिलामा कडा अडान राख्दै आएको हो । तर पिडिपिको भने काश्मिीर पृथकतावादी आन्दोल प्रति सहानुभुति रहेकाे अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्