मेलानियाद्वारा आप्रवासीका बच्चालाई मातापिताबाट अलग्याउन नितिको विरोध

0
Shares

वासिङटन (एजेन्सी)
अमेरिकी सीमामा विस्थापित परिवारका बच्चालाई उनका मातापिताबाट अलग्ग गर्ने विवादास्पद मुद्दामा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प राष्टपति डोनाल्ड ट्रम्पकै निति विरुद्ध देखिएकी छिन् ।

यस मुद्दामा डेमोक्राटिक सांसदहरुले आवाज चर्काइरहेको बेला प्रथम महिला नै त्यसको विरुद्धमा अगाडी आएकी छिन् । उनले उक्त राजतिनितिक निति रोक्न अनुरोध गरेकी छिन् । यस नितिले सबैभन्दा मेक्सिकोका विस्थापित परिवार प्रभावित भइरहेका छन् ।

अमेरिकाका राष्ट्रपति ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई लिएर ‘जिरो टोलोरेन्स‘को निति लागु गरेको हो । यसलाई लिएर दुबै तर्फका राजनितिक पक्षमा आक्रोस देखिएका छन् । विशेष गरि अमेरिकामा पिता दिवश मनाइरहेको प्रसंगमा यस मुद्दालाई लिएर अझ तिखो प्रतिक्रियाहरु भइरहेका छन् । ट्रम्पले मातापिता र बच्चाको अगलाव अन्त्य गर्न चाहेको तर यो संकटका लागि विपक्षी डेमोक्र्याटस जिम्मेवार भएको उनले दोहोर्याए ।

आलोचकहरुले भने उक्त संकट उ आफैले सिर्जना गरेको बताएका छन् । ट्रम्पकी पत्नी मेलानिया प्राय राजनितिक मामिलामा हस्तक्षेपकारी भुमिकामा आएकी छैनन् । उनले ट्रम्प प्रशासनको यो नितिको निन्दा गरेको पनि छैन तर मुद्दाको समाधानका लागि दुबैलाई पक्ष आप्रवासी नितिमा सुधार गर्न उनले जोड दिएकी छन् ।

मेलानियाका प्रवक्ता स्टेफनी ग्रिसामले सीएनएनसँगको साक्षात्कारमा भनिन– मेलानियालाई बच्चाहरु उनको परिवारबाट अलग्ग भएको हेर्न मनपरेको छैन । दुबै पक्षले सफलतापुर्वक आप्रवासी संकट समाधानमा सुधार गर्न अन्तत एकजुट हुनेमा उनले अपेक्षा गरेको जानकारी दिएकी छन् ।

अमेरिकाका महान्यायधिवक्ता जेफसेसनले अवैध रुपमा मेक्सिकोबाट आएका सबै विस्थपितहरुलाई गिरफतार गर्न सक्ने फैसला दिएका थिए । त्यसमा बच्चालाई जेल हाल्न नसक्न भएकोले गिरफ्तार भएका मातापिताबाट अलग्ग गरिएका थिए ।