इंगल्यान्डमा अधिकांश बच्चा बिहान चार बजे जन्मन्छन्

0
Shares

लन्डन,(एजेन्सी)
इंगल्यान्डमा प्रायशः बिहान चारबजे बच्चा जन्मने गरेको पाइएको छ । त्यसमा पनि अधिकांश शिशुको जन्म बिहान १ देखि ७ बजेबिच हुने गरेको तथ्यांकले जनाएको छ ।

तर स्वास्थ सम्बन्धी गरिएको एक अध्ययनले अधिकांश गर्भवती महिलाको प्रशव पीडा भने करिव मध्यराति शुरु हुनगरेको पत्ता लागेको छ । समष्टिमा ७० प्रतिशत भन्दा बढि शिशुको जन्म नियमित कार्य समयमा नहुने गरेको बताइएको छ ।

युनिभर्सिटी कलेज लन्डनले सन् २००५ देखि २०१४ बिचको पचास लाख शिशुको जन्ममाथि विशलेषण गरेको थियो । अनुसनधानकर्ताहरुले केवल २८ प्रतिशत शिशुको बिहान ९ देखि सााझ ५ बजेबिच जन्म भएको बताएका छन् ।

पचासको दशकदेखि सिजरिन विधिबाट बच्चा जन्माउने लगायतका विभिन्न हस्तक्षेप हुन थालेपछि बच्चा जन्मने शैलीमा नै परिवर्तन्हरु आउन थालेको विशेषज्ञहरुको दावी रहेको छ ।

सिटी युनिभर्सिटी अफ लन्डनका अनुसन्धान लेखक तथा प्राध्यापक एलिसन म्याकफार्लेनले बच्चा जन्माउने विधिमा आइरहेको हस्तक्षेपले विपरित नतिजा दिन सक्ने बताएका छन् । उनले चिकित्सकहरुले दवाव र प्रोत्साहन दिएर हुने बच्चाको जन्म राति र सिजरिन विधिबाट महिलाहरुले बिहानतिर बढि बच्चा जनमउने गरेको पाइएको बताएकीछिन् ।