ट्रम्पले सलाम फर्काउँदा विभिन्न टिकाटिप्पणी

0
Shares

सिंगापुर सिटी,(एजेनसी)
कुनै मित्र राष्ट्रको सैनिक अधिकारीले सलाम गरे त्यसलाई फर्काउने अमेरिकी सैन्य अधिकारीहरुको आम चलन रहेको छ । साथै यस चलनलाई सैन्य व्यावसायिकताको रुपमा लिने गरिएको छ ।

कुनै पनि अमेरिकी राष्ट्रपतिले भने त्यस्तो सलाम फर्काउनै पर्छ भन्ने कुनै अनिवार्य नियम छैन । यदी सला नफर्काइउन भनेपनि यसलाई आपसी सम्मानको रुपमा हेरिन्छ ।

उत्तर कोरियाको सरकारी टेलिभिजन केसीटीभीले हालै ट्रम्प र किमबिच सि.गापुरमा सम्पन्न ऐतिहासिक शिखरवार्ताको सिलसिलामा सार्वजनिक गरेको एक भिडियोमा देखाइएको छ , ‘ ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनसँगसँगै अघि बढेर हात मिलाई सकेपछि किमका विभिन्न प्रतिनिधिहरु रहेको कोठामा प्रवेश गर्छन् ।

त्यसपछि ट्रम्प कोठामा उपस्थित व्यक्तिहरुसँग हात मिलाउन थाल्छन् । त्यसक्रममा सैनिक पोशाकमा सजिएका उत्तर कोरियाली जनरल नो क्वांग चोलसँग साक्षात्कार भएपछि पहिले ट्रम्पले हात अघि बढाउँछन् । तर तत्काल जनरलले सलामले फर्काउँछन् ।

ट्रम्पले पनि त्यसपछि उनलाई सलाम फर्काउँछन् । त्यसपछि पुन ट्रम्पले हात दिन्छन् र दुई नेताले हात मिलाउछन् । ’ विशेष सुत्रका अनुसार अमेरिकी अधिकारीका अनुसार ट्रम्पलाई कुनै पनि विदेशी सैन्य अधिकारीलाई सलाम नगर्नको लागि सल्लाह दिइएको थियो ।

यसबारे विभिन्न पक्षबाट विरोध भइरहेकोबेला अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले भने यसलाई ‘सामान्य शालिन शिष्टाचार ’ को संज्ञा दिएको छ ।

बिहिबार ह्वाइट हाउसमा भएको प्रेस ब्रिफिङ्गमा बोल्दै प्रेस सचिव साराह स्याण्डर्सले भनिन् ‘ एक नेताले अर्को सरकारको सैन्य अधिकारीले सलाम गर्दा त्यसलाई फर्काउनु सामान्य भद्रता हो ।’