आप्रवासी मृत्यु प्रकरणमा दोषिलाई संजाय

0
Shares

बुडापेष्ट,(एजेन्सी)

सन् २०१५ को अगष्टमा एउटा लरीमा ७१ जना आप्रवासीको निस्सासिएर मृतयु भएको विषयलाइ लिएर विहिवार हंगेरीमा चारजना पुरुषलाई अदालतले फरक फरक अवधिको कारावास संजाय सुनाएको छ ।

प्रहरीले त्यतिवेला हंगेरीमा दर्ता गरिएको र अष्ट्रियाको एउटा गाउँ नजिक अलपत्र अवस्थामा छोडिएको सो लरीभित्र कुहिसकेको अवस्थामा निीहरुको लाश फेला पारेको थियो । युरोप तर्फ अवैध आप्रवासी ओइरिने क्र तिव्र अवस्थामा रहेकोबेला यो घटना सार्वजनिक भएके थियो ।
अवैध ढंगले मानव ओसा प्रसारकार्यमा संलग्न प्रमुख व्यक्ति भएको आशंका गरिएका एकजना अफगान नागरिकलाई पचिस वर्ष र उनका आफ्ना अन्य बुल्गेरियाली लगायत दसजना सहयोगीलाई भने अलि कम कारावास संजाय तोकिएके छ ।

तिनीहरु सबैलाई मानव ओसार प्रसारको अभियोगमा दोषि ठहर गरिएको हो । सन् २०१५ मा सिरिया लगायत अन्य युद्धग्रस्त राष्ट्रका थुप्रै व्यक्ति भागेर मध्य युरोपमा अवैध ढंगले प्रवेश गरेका थिए ।

केस्केमेट शहरमा मुद्धा चलाइएका तिनीहरुले अदालतको यस निर्ण विरुद्ध उच्च अदालतमा अपिल गर्न पाउने छन् । तिनजना बुल्गेरीयाली अभियुक्त अझै फरार रहेकाले तिनीहरुको अनुपस्थितीमा अदालतमा निर्णय सुनाइएको थियो ।

पिडितहरुमा इराक , अफगानिस्तान , सिरिया , र इरानका नागरिक रहेको बताइएको छ । मर्नेमा आठजना महिला , चारजना बालबालिका र अन्य उन्नासाठीजना पुरुष रहेका छन् ।