१० वटा आधुनिक शहर निर्माण गरिदैछ: प्रम

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गम ठाउ“मा पनि आधुनिक शहर विकास गर्न व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

सातौं घर जग्गा मेला २०७५को शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
खेतीयोग्य जमिन टुक्र्याएर घर आवास बनाउने नभइ त्यसमा खेती नै गर्नुपर्ने र खेती नहुने स्थान आवासका लागि प्रयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘ठूला प्लटमा एकै प्रकारको खेती गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो–‘ जग्गाको अनावश्यक खण्डिकरण रोक्नुपर्छ ।’ सरकारले पुष्पलाल राजमार्गमा १० वटा आधुनिक शहर निर्माणको योजना बनाएको बताउ“दै प्रधानमन्त्री ओलीले भन्नुभयो–‘सरकारले नीति बनाइदिने हो शहरको निर्माण व्यवसायीले गर्ने हो ।’ सुर्खेत, दाङ, लुम्बिनीमा पनि आधुनिक शहर विकास गरिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

्असुक्षित आवासलाई स्थानान्तरण गरेर सुरक्षित स्थानमा सारिने प्रधानमन्त्री ओलीले बताउनुभयो । अब बस्ती निर्माणको ढा“चा परिवर्तन गर्नुपर्ने र व्यवस्थित र आधुनिक शहर निर्माण गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले घरजग्गा मेलाका निष्कर्षहरु सरकारलाई बुझाउन आग्रह गर्नुभएको छ । ‘तपाईंहरुका समस्या के–के छन् सरकारलाई बुझाउनुहोस्’ प्रधानमन्त्रीओलीले भन्नुभयो–‘सरोकारवाला सबै पक्षस“ंग छलफल गरेर समस्या सुल्झाउन पहल गरौंला ।’