प्रदेश नम्बर १ को बजेट ३५ अर्ब ९३ करोड, जलविद्युत्लाई प्राथमिकता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक २०७५÷७६ का लागि ३५ अर्ब ९३ करोड ६० लाख बजेट प्रदेशसभामा पेस गरेको छ । ‘सबैभन्दा बेस एक नम्बर प्रदेश’ भन्ने नारासहित प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश सभामा बजेट पेस गर्नुभएको हो ।

प्रदेश सरकारले कुल बजेटमध्ये पु“जीगततर्फ १८ अर्ब ५० करोड ९२ लाख अर्थात ५१ दशमलव ५ प्रतिशत र चालूतर्फ १४ अर्ब ९२ करोड २८ लाख अर्थात ४१ दशमलव ५ प्रतिशत बजेट प्रस्तुत गरेको हो ।

बजेटमा अन्तर सरकारी हस्तान्तरणतर्फ २ अर्ब ५० करोड ५० लाख रुपिया“ विनियोजन गरिएको छ । बजेटमा संघीय सरकारबाट प्राप्त हुने अनुदान २२ अर्ब ८८ करोड ७० लाख, राजस्व बा“डफा“डबाट प्राप्त हुने ९ अर्ब १८ करोड ११ लाख र आन्तरिक राजस्वबाट ३ अर्ब ६६ करोड ७८ लाख रुपिया“ प्राप्त हुने आंकलन गरिएको छ ।

प्रदेश सरकारले गरिबी न्यूनीकरण गर्ने, प्रदेशको आर्थिक समृद्धि हासिल गर्ने, भौतिक तथा सामाजिक पूर्वाधार तयार गरी समुन्नत सुदृढ स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने उद्देश्यसहित बजेट तयार गरेको आर्थिक मामिलामन्त्री आङ्वोले बताउनुभयो । मन्त्री आङ्बोले प्रस्तुत गरेको बजेटमा आगामि ५ वर्षमा १५ सय मेगावाट, १० वर्षमा ३ हजार र १५ वर्षमा ४ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने उल्लेख छ । जसका लागि प्रदेश स्तरमा जलविद्युत् लगानी कम्पनी गठन गर्ने उल्लेख छ । प्रदेश सरकारले जलविद्युत्को विकासका लागि ७१ करोड बजेट विनियोजन गरेको छ ।

यस्तै उद्योगको विकासका लागि प्रदेश सरकारले १ अर्ब ३० करोड विनियोजन गरेको छ । यस्तै शिक्षाको क्षेत्रमा सरकारले १ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । यस्तै स्वास्थ्यको क्षेत्रमा पनि प्रदेश सरकारले स्वस्थ जनता प्रदेशका मूल्य निधी भन्ने नारा अबलम्वन गरेको छ । स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेशले १ अर्ब ४४ करोड विनियोजन गरेको छ । यस्तै खेलकुदको विकासका लागि ४३ करोड, आवास तथा भौतिक पूर्वाधारका लागि ९ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । वन, वातावरण संरक्षण, सरसफाई र खानेपानीमा २ अर्ब ७४ करोड बजेट विनियोजन गरिएको छ भने सुरक्षा, सामाजिक न्याय, सद्भाव, संस्कृति र एकताका लागि १ अर्ब २९ करोड रकम विनियोजन गरेको छ ।