प्रदेश नम्बर ४ को बजेट २४ अर्ब, एक निर्वाचन क्षेत्र एकस्तरीय सडक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रदेश नम्बर ४ को सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि २४ अर्ब २ करोड ३३ लाख रुपिया“को बजेट विनियोजन गरेको छ ।
शुक्रबार प्रदेशसभाको बैठकमा प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले चालूतर्फ ६ अर्ब ९१ करोड ५५ लाख र पु“जीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख रुपिया“को बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमा अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ १ अर्ब २० करोड रुपिया“ विनियोजन गरिएको छ । संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ६ अर्ब ७७ करोड ६७ लाख, सशर्त अनुदान ६ अर्ब ५० करोड १९ लाख, राजस्व बा“डफा“डबाट प्राप्त हुने ६ अर्ब ५७ करोड ६० लाख, समपुरक अनुदान ७१ करोड ४२ लाख र विशेष अनुदान ३५ करोड ५० लाख रुपिया“ बजेटको स्रोत रहेका छन् ।

त्यस्तै आन्तरिक राजस्वबाट १ अर्ब ६९ करोड ९५ लाख प्राप्त हुने अनुमान गरिएको छ । बजेटमा अपुग १ अर्ब ४० करोड न्युन हुनेमा गत आर्थिक वर्षको नगद मौज्दात ६० करोड रहेकोमा बा“की आन्तरिक ऋणबाट ८० करोड व्यहोरिने भएको छ ।

बजेटमा एक निर्वाचन क्षेत्र एकस्तरीय सडक कार्यक्रमअन्तर्गत प्रदेशका ३६ निर्वाचन क्षेत्रका लागि २ करोड १० लाखका दरले ७५ करोड ६० लाख रुपिया“ विनियोजन गरिएको छ । प्रदेशमा मोटरेवल पुल निर्माण गर्न ५१ करोड ८५ लाख, झोलुङ्गे पुलको निर्माण गर्न ६ करोड २७ लाख रुपिया“ बजेट विनियोजन गरिएको छ । बजेटमा दुई वर्षभित्र विद्युत् नपुगेका ठाउ“मा बिजुली पु¥याउन ३८ करोडर ५ वर्षभित्र काठको प्रतिस्थापन गर्न ५ करोड रुपिया“ विनियोजन गरिएको छ ।

मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउ“का लागि रु १० करोड ८०, तटबन्धन निर्माणका लागि २५ करोड ९५ लाख, फेवातालको पूर्वाधार विकास र सौन्दर्यीकरणका लागि ८ करोड छुट्याइएको छ ।

‘एक पालिका एक उत्पादन कार्यक्रम’ अघि बढाउ“दै एक स्थानीय तह एक शीत भण्डारका लागि २६ करोड ५० लाख छुट्याएको छ ।
त्यस्तै एक स्थानीय तह, एक औद्योगिकग्रामको स्थापनाका लागि१२ करोड, सामुदायिक विद्यालय शौचालय, खानेपानी ट्यांकी निर्माणका लागि ३० करोड बजेट छुट्याएको छ । बजेटमा क्यान्सर, मुटु र मृगौला रोगको अत्याधुनिक र सुविधा सम्पन्न विशिष्टीकृत अस्पताल निर्माण गर्न रु १० करोड छुट्याइएको छ ।