ट्रेड युनियन काँग्रेसको नयां नेतृत्वकालागि निर्वाचन शुरु

0
Shares

 

काठमाडौ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको नयां नेतृत्वकालागि मतदान शुरु भएको छ ।

चार वर्ष नौ महिनापछि भएको महाधिवेशनको बन्दसत्रमा सरकारले सञ्चार क्षेत्रमा गरेको ज्यादती, यातायात एकाधिकारको नाममा मजदूर र पूँजीलाई नियन्त्रण गर्न खोजेको, निर्माण क्षेत्रका मजदूरलाई गरेको व्यवहारलगायत मजदूरविरुद्ध चालिएका कदमविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।
ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले ट्रेड युनियनलाई श्रमिकहरुको संगठनका लागि उभ्याउन सबैलाई समेटेर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

बन्दसत्रमा झण्डै १५० प्रतिनिधिले आफ्नो राय तथा सुझाव राखेका थिए । अध्यक्ष दाहालले प्रतिनिधिले दिएका सुझावलाई एकीकृत गरेर ट्रेड युनियन आन्दोलनलाई अगाडि बढाउने उल्लेख गर्नुभयो ।
निर्वाचनका प्रमुख निर्वाचन अधिकृत भरत खरेलले मतदान शुरु भएको जानकारी दिनुभयो ।
सत्र पदाधिकारीसहित ४४ पदमा हुने निर्वाचनमा देशैभरबाट एक हजार ४२० जनाले मताधिकारको प्रयोग गर्दै छन ।